eNepal

चेपाङ बस्तीलाई सहयोग गर्न जुट्दै न्याभ, एएनपिएल लगाएतका सँस्थाहरु

नेपालको धादिङ्ग जिल्लाको दक्षिणी विकट गाउँमा रहेको चेपाङ वस्तीलाई राहत सहयोग गर्ने लक्ष्यका साथ नेप्लिज एसोसियसन अफ भिक्टोरिया (न्याभ)ले अस्ट्रेलीया नेपाल पब्लिक लिङ्क (एएनपिएल), कम्युनिटी लिडरसिप नेपाल फाउन्डेसन् र एनआरएनए अस्ट्रेलीयासँगको साझेदारीमा चेपाङ समुदायका लागि खाद्यान्न सहयोग गर्न कोष सङ्कलन कार्य शुरुवात गरेको छ।

३ सय ५० परिवारमा रहेका चेपाङ समुदाएहरु जंगलमा कन्दमुल, गिठ्ठा भ्याकुर समेत नपाएपछि धादिङका चेपाङ भोकभोकै बस्न बाध्य छन् ।गाउँमा भएका युवाहरु काम खोजिरहेका तर निषेधाज्ञाका कारण पाउन सकेका छैनन्। 

यस्तो बिसम् परिस्थितीमा भिक्टोरीयामा रहेका नेपाली समुदाए सहयोगको लागि जुटेका छन्। 

धादिङको चेपाङ बस्तीमा भोकमरी, सयौं चेपाङ भोकै बस्न बाध्य” बिषयक समाचार प्रति सम्बेदनशील हुदै न्याभका भुपू अध्यक्ष रञ्जन बैद्य र एएनपीएलका निर्देशक एबम् सामाजिक अभियन्ता निराजन गौली लगाएत  माधुरी मास्के शर्माबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै न्याभले सहयोग संकलन अभियान संचालन गरेको हो। 

न्याभले यो राहतको सँकलनको जिम्मा संस्थाका कोषाध्यक्ष डा. यकिन्द्र तिमील्सेनालाई जिम्मा दिईएको छ भने उठेको सम्पुर्ण रकम यहाँका स्थानिय संचार माध्यमको रोहबरमा नेपाल पठाईने न्याभका अध्यक्ष राम गुरुङले जानकारी गराउनु भयो।

तपाईहरु पनि सहयोग गर्न इच्छुक हुनुहुन्छ भने तलको लिङ्कमा क्लिक गर्नु होला
https://www.gofundme.com/f/aph839-food-support-for-chepang?utm_source=facebook&utm_medium=social&utm_campaign=m_pd+share-sheet&fbclid=IwAR3nA1J_ypi9q5ZTJVLYK2L2hTI3Wh-ljEHS-wWLiiALRkD_MYTFjeKGxME

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal