eNepal

रास्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गर्न होबार्टका युवाहरुले बेचे बनीङ्समा ससेज

नेप्लिज तास्मानीया स्पोर्ट्स एसोसिएसनले राष्ट्रिय आविस्कार केन्द्रलाई ९३७ अस्ट्रेलीयन डलर सहयोग उपलब्ध गराएको छ । कोरोना महामारीको समय सँस्थाले कोरोनाका बिरामीले प्रयोग गर्ने स्वास्थ्य सामग्री निर्माण गरी मानवीय सेवामा योगदान दिएको भन्दै उक्त रकम उपलब्ध गराएको सँस्थाका अध्यक्ष प्रशेस पौडलले बताए ।
सँस्थाले खेलकुदका कार्यक्रमको अलावा आफ्नो  सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरिएको उनको भनाइ छ । प्रवासको ब्यस्त जिवनबाट बचेको केही समय खेलकुदलाई दिदै तास्मानियामा गठीत यस सँस्थाले बिभीन्न खेलकुद प्रतीयोगिता आयोजना गर्दै आएको छ।

राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग जुटाउने उद्देश्यका साथ नेप्लीज तास्मानिया स्पोर्टस एशोसिएसनले होबार्टको ग्लेनोर्कीमा रहेको बनिङ्समा १४ जुनका दिन ससेज सिजलर बेचेर १३ सय ९७ डलर उठाएको थियो। लागेको ४ सय ६० डलर खर्च कटाएर ९ सय ३७ डलर आविष्कार केन्द्रलाई सहयोग गरेको हो। ग्लेनोर्की स्थित बनीङ वेरहाउस ठाउँ निशुल्क उपलब्ध गराएको थियो। 

राष्ट्रिय आविष्कार केन्द्रले देशभरका अस्पतालमा उपचार गरिरहेका बिरामीको जीवनरक्षाका लागि प्रयोग गरिने उपकरणको निःशुल्क मर्मत, जीवन बचाउने उपकरण तथा त्यस्ता उपकरणको मर्मत, भ्यान्टिलेटर आपूर्ति, अक्सिजन स्थापनामा सेवा प्रदान गरिरहेको छ । आविष्कार केन्द्र डा. महावीर पुनको नेतृत्वमा सञ्चालन भइरहेको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal