एडीलेडमा रहेका सकर क्लबहरु एडीलेड खुकुरी फुटबल क्लव,एडीलेड ड्रागन फुटबल क्लब, एडीलेड ड्रागन स्पोर्टीङ कलब, ब्रदर्स युनाइटेड फुटबल क्लब, एडीलेड नेपाली बिधालय र नेपाली पाठशाला एडीलेडको सँयुक्त आयोजनामा रास्ट्रिय आविस्कार केन्द्रको सहयोगार्थ फण्डरेजीङ सकर प्रतियोगिता सम्पन्न भएको छ।
राष्ट्रिय आविस्कार केन्द्र (नेशनल इनोभेशन सेन्टर) ले सुरुवात गरेको कोरोना महामारीविरुद्धको अभियानलाई सहयोग गर्ने हेतुले आयोजना गरिएको प्रतियोगिताबाट अस्ट्रेलियन डलर ६५९८.१० सङ्कन गरिएको छ।

सानो उमेर समुह, भेट्रान समुह सहित एघार समुहको प्रतिस्पर्धा रहेको प्रतियोगितामा मुख्य टीममा एकेएफसी, रिजर्भमा एडीएससी, भेटरन खेलमा एकेएफसी अनि बच्चाहरूको खेलमा एडिलेड नेपाली पाठशालाले बिजय हात पारेको थियो।
सङ्कलित रकम क्लबहरूको प्रबेश शुल्क, व्यक्तिगत अनुदानका साथै कार्यक्रमको बेला बेचीएको मोःमो सेलबाट उठेको थियो ।

