eNepal

विश्वकप २०२२ छनोट अन्तर्गत नेपाल र अस्ट्रेलीया भिड्दै

विश्वकप २०२२ को छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलीयाको समय अनुसार शनिबार बिहान २ बजे बलियो टोली अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ । विश्वकप छनोटबाट यसअघि नै बाहिरिसकेको नेपालका लागि यो अन्तिम खेल रहेको छ ।

यसअघि पाँचपटक विश्वकप खेलिसकेको अस्ट्रेलिया छैटौँपटक खेल्ने तयारीमा रहेको टोली हो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपदेखि पछिल्लो चार विश्वकपमा लगातार सहभागी हुँदै आइरहेको अस्ट्रेलिया लगातार पाँचौँपटक खेल्ने तयारीमा छ । शुक्रबार नेपाललाई पराजित गरेमा अस्ट्रलिया अर्को वर्ष कतारले आयोजना गर्ने फिफा विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछ ।

फिफा वरीयतामा आफूभन्दा १३० स्थान माथि रहेको अस्ट्रेलियासँगको खेलबाट नेपालले भने धेरै अपेक्षा गरेको छैन । नेपाल त्यसै पनि विश्वकप छनोटको प्रतिस्पर्धाबाट बाहिरिसकेको छ । नेपालले यसै प्रतिस्पर्धाबाट सन् २०२३ मा चीनले आयोजना गर्ने एसियनकपको तेस्रो चरणमा पुग्ने सम्भावना समेत लगभग गुमाइसकेको छ ।

अस्ट्रेलियाविरुद्ध अप्रत्यासित जितको नतिजा निकाल्न सकेको अवस्थामा मात्रै एसियनकपको तेस्रो चरणको छनोटमा पुग्ने नेपालको सम्भावना जीवित रहनेछ । त्यसैले नेपाली टोलीले आफ्नो क्षेत्रको सर्वात्कृष्ट टोलीसँग अनुभवकै लागि खेल्नेछ ।

नेपालले अस्ट्रेलियासँग जम्मा एकैपटक मात्रै प्रतिस्पर्धा गरेको छ । यसै प्रतियोगिता अन्तर्गत दुई वर्षअघि नेपालले अस्ट्रेलियासँग उसको मैदानमा खेलेको थियो । नेपालले अस्ट्रेलियाको सिनियर राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गरेको त्यो नै पहिलो अवसर थियो । 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal