eNepal

अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले पाइलट योजना अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ल्याउने तयारी

अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले पाइलट योजना अनुसार आगामी ६ देखि ८ हप्ताभित्रमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ल्याउने तयारी गरेको छ ।

यो योजना अन्तर्गत दुई हप्ताको अवधिमा करिब २५० जना विद्यार्थीहरु अष्ट्रेलिया आउन पाउने छन् ।

न्यू साउथ वेल्स राज्यका अर्थमन्त्री डोमिनिक पेरोटेटले न्यू साउथ वेल्स राज्यका सुरक्षा निकाय र स्वास्थ्य विभागबीच अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने प्रारम्भिक योजना सुरु गरिएको बताए । यद्यपि, यो योजना संघीय सरकारबाट पारित हुन बाँकी छ।

पेरोटेटले यो संख्या वर्षको अन्त्यसम्म हरेक दुई हप्तामा ५०० विद्यार्थीले बढाउने लक्ष्य राखेको जानकारी गराएका छन्।अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलियन अर्थतन्त्रको मुख्य श्रोत रहेको भन्दै महामारीको अघि करिब २५०,००० अन्तर्राष्ट्रिय विद्यार्थीहरू एनएसडब्ल्यूमा अध्ययन गरिरहेका थिए जुन यो राज्यको दोस्रो ठूलो निर्यात हो।

पेरोटेटले भने एनएसडब्ल्यूमा मात्रै लगभग ५०,००० विदेशी विद्यार्थीहरू आउने प्रतीक्षा गरिरहेका छन्।उनले भने पायलट कार्यक्रमलाई एनएसडब्ल्यू स्वास्थ्य र एनएसडब्ल्यू पुलिसले अनुमोदन गरिसकेका छन् भने संघीय सरकारको सो प्रस्तावलाई “कडा समर्थन” प्राप्त भएको छ र आगामी दिनमा हस्ताक्षर हुनेछ।

यदि यो योजना संघीय सरकारबाट पारित भएमा कोरोना महामारीका कारण आउन नपाएका लाखौं विद्यार्थीहरु अस्ट्रेलीया आउने बाटो खुल्नेछ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal