eNepal

दिदीबहिनी समाजले जेस्ठ नागरिकहरुलाई सामुहिक कोभीड भ्याक्सिन लगाउने कार्य्रक्रम ल्याउँदै

दिदीबहिनी समाज भिक्टोरीयाले भिक्टोरीया राज्य सरकारसँगको साझेदारीमा मेल्बोर्नमा बस्दै आउनु भएका जेस्ठ नागरिकहरुलाई सामुहिक रुपमा कोभीड भ्याक्सिन लगाउने कार्यक्रम आयोजना गरेको छ।

यहि १८ जुन शुक्रबार वेस्ट्रन हेल्थ सनसाइन अस्पतालमा हुने सामुहीक भ्याक्सिन लगाउने कार्यक्रमको बारे थप जानकारी चाहिएमा दिदीबहिनी समाज वेस्ट अभिभावक समुहकी कोअडीनेट रोशनी श्रेष्ठ (0438952712), सदस्य पुजना खनाल (0450105903) वा विजय थापालाई (0452627912) सम्पर्क गर्न सक्नु हुनेछ।

सरकारले यति राम्रो सुबिधा दिदा पनि हाम्रा कतीपय आमाबुवाहरु थाहा नभएर वा डराएर खोप लगाउने इच्छा हुँदा हुँदै पनि खोप लगाउन जान सक्नु भएको छैन। यहि कुरा मध्यनजर लगाउँदै आमाबुबाहरुलाई सामुहीक रुपमा खोप लगाउने कार्यक्रम गरियो भने उहाँहरुलाई सहज हुने र आत्मबल पनि बढ्ने हुनाले सामुहिक खोपको कार्यक्रम अघी सारिएको हो। साथै उहाँहरुलाई कोभीड भ्याक्सिन सम्बन्धी बृस्तित जानकारी गराउन नेपाली भाषामा दोभासेको समेत ब्यबस्था गरिएको रोसनी श्रेष्ठले जानकारी गराउनु भएको छ।

यदि तपाईहरु आफ्ना अभिभावकहरुलाई  कोभीड खोप लगाउन इच्छुक हुनुहुन्छ भने माथि दिएको सम्पर्क नम्बरमा सम्पर्क गरेर यसका थप प्रकियाहरुको बारे बुझ्न सक्नु हुनेछ।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal