इकोनोमिस्ट इंटेलिजेंस युनिटको सर्वेक्षणले न्युजील्याण्डको अकल्याण्डलाई विश्वको सबैभन्दा बस्न लाएकको सुचीमा सुचिकृत गरेको छ। ग्लोबल लाइभिएबिलिटी इंडेक्स २०२१ रिपोर्ट अनुसार विश्वको बस्न लाएक शहरहरुको सुचीमा जापानको ओसाका शहर दोश्रो स्थानमा रहेको छ भने अस्ट्रेलीयाको एडीलेड शहर तेश्रो स्थानमा परेको छ। पाचौं स्थानमा जापानको टोक्यो रहेको छ भने छैठौ स्थानमा अस्ट्रेलीयाको पर्थ रहेको छ।त्यस्तै सातौं स्थानमा स्वीटजरल्याण्डको जुरिच रहेको छ भने आठौ स्थानमा स्वीटजरल्याण्डकै जेनेभा परेको छ।
गत साल दोश्रो स्थानमा रहन सफल मेल्बर्न यो पटक नवौं स्थानमा झरेको छ भने दशौं स्थानमा ब्रिसबेन रहेको छ।
इकोनोमिस्ट इंटेलिजेंस युनिटले विश्वव्यापी १४० शहरहरूमा एक व्यक्तिको जीवनशैलीमा हुन सक्ने चुनौतिहरूको आधारमा यो सुचीको निर्धारण गर्ने गर्दछ।प्रत्येक शहरको स्थिरता, स्वास्थ्य सेवा, संस्कृति र वातावरण, शिक्षा र पूर्वाधारका गुणात्मक र मात्रात्मक कारकहरूको आधारमा अङ्क तोकीएको हुन्छ।
संसारका सबै भन्दा कम बस्न लाएक शहरहरूमा भेनेजुयलाको काराकास, क्यामरुनको डौवला, जिम्बाबेको हरारे, पाकिस्तानको कराँची, लिबियाको ट्रिपोली, अल्जेरियाको अल्जर्स, बंगलादेशको ढाका, पपुवान्यूगिनीको पोर्ट मोर्सवे, नाईजेरियाको जागोस र सिरियाको दमास्कस परेका छन्।

