अष्ट्रेलिया स्थित च्यारिटि संस्था अजी एक्सन अब्रोर्डले विगत २० वर्षदेखि नेपालको थुप्रै जिल्लाहरुमा स्थानीय सँघसँस्थासँगको सहकार्यमा थुप्रै मानवीय काम गरिरहेको छ । पछिल्लो समय नेपालमा कोरोनाको दोश्रो ठुलो लहरले एकदमै असर पारिरहेको अवस्थामा यस संस्थाले नेपालमा नेपाल कोविड–१९ फूड बैंक अभियान सुचारु गरेको छ ।
विगत १८ महिनादेखि नेपालको पर्यटक, होटल देखि अन्य व्यवसाय ठप्प भएको छ भने व्यापार व्यवसाय ठप्प हुँदा यसको सिधा असर आम नागरिकमा प्रत्यक्ष रुपमा परेको छ भने दैनिक गुजारा गरेर जिवीकापार्जन चलाउनेहरुको जिवन कस्टकर बन्दै गएको छ जसको असर नागरिकहरुको आम्दानि, सामाजिक र मानसिक स्वाथ्यमा असर गरेको छ ।
अजी एक्सन अब्रोर्डले यस्तो बिषम् परिस्थितीमा केही मात्रमा भएपनि उनीहरुको खाद्यान्न आवस्यकता पूर्ति गर्नको लागि कोविड–१९ फूड बैंक अभियान अगाडी सारेको हो ।
अजी एक्सन अब्रोर्डका निर्देशक ग्रेमी केन्ट (ग्रामी बाजे) ले संसार नै कोभिड १९ को कहरले आक्रान्त रहेको भन्दै अष्ट्रेलियादेखि नेपाल र अन्य मुलुकमा कोरोनाले जति पनि व्यक्तिहरुको मृत्यु भएको छ अजी एक्सन अब्रोर्ड टिमका तर्फबाट आत्माशान्तिको कामना समेत गर्नु भएको छ। साथै हालै जति पनि कोभिड पोजेटिभ देखिएर क्वारेन्टिन, आइसोलेसन अनि अस्पतालमा उपचार गराईरहनुभएको छ उहाँहरु सबैजनाको पनि छिटो स्वाथ्यलाभको पनि कामना समेत गर्न भएको छ।अस्ट्रेलीयामा रहेका बिभीन्न समुदाएलाई यो अभियानमा साथ दिनु अनुरोध गर्नु भएको छ।
सामुदायिक खाद्य बैंकहरुले कसरी काम गर्छ त ?
हाम्रो नेपाली साझेदार नेटवर्कले गाह्रो परेकाहरूलाई आवश्यक खाद्यान्न वितरण गर्न थालिसकेको छ र फूड बैंकहरूलाई थप समुदायहरूमा विस्तार गर्नका लागि सहयोगको लागि अनुरोध पनि गरिसकेको छ ।
तपाईहरुले दिनुभएको सहयोग नेपालमा पूरै प्रयोग हुनेछ र उक्त रकम तल दिइएका संस्थाहरु मार्फत् यही जूनदेखि खाद्यान्न वस्तुहरू किन्न र तत्काल खाँचोमा परेकाहरूलाई वितरण गर्न अनुरोध गरिनेछ ।
पहिलो चरणमा मात्रृभुमी महिला समाज सामाखुसी काठमाण्डौ नेपालमा आश्रीत १९ बालबच्चा लगाएत कर्मचारीहरुका कोविड पोजिटिभ बच्चाहरूलाई खुवाउने खर्च बापत $१००६ डलर पठाइ सकेको छ।
त्सस्तै लाइन्स क्लब अफ काठमाण्डौ मार्फत सडकमा बस्नेहरूलाई खाना उपलब्ध गराउने खर्च र इटपारे समुदाएका लागि भोजन आपूर्ति गरिदिने ब्यबस्था गरेको छ। अहिलेलाई यी तीन साझेदारी गरेको संस्था भएपनि भविष्यमा अन्य नयाँ र पुराना संस्थाहरुसँगपनि काम गर्ने तयारी गरिरहेका छ।
दान कसरी कति रकमको गर्ने ?
२५ डलरले एकमहिनाको फूड प्याकेज एकजनालाई पुग्नेछ ।
५० डलरले दुई हप्ताको फूड प्याकेज चार सदस्यको परिवारलाई पुग्नेछ ।
७० डलरले एकमहिनाको फूड प्याकेज चार सदस्यको परिवारलाई पुग्नेछ ।
यदि तपाइँहरु हाम्रो अभियानमा साथ दिन चाहनुहुन्छ भने कृपया तलको गो फण्ड मी लिङ्कमा गएर अथवा हाम्रो डाइरेक्ट अकान्टमा पनि दान गर्न सक्नुहुनेछ ।
GOFUNDME
अथवा
Name: Aussie Action Abroad Ltd – Gift Account
BSB 06 3502 Account No 1088 7607
यदि यस बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने कृपया तल उल्लेख गरिएको नम्बर र इमेलमा सम्पर्क गर्नुहोला ।
Graeme Kent – [email protected]
0409 954 782

