मेल्बर्न अहिले लकडाउनको अवस्थामा छ। धेरै अन्तरराष्ट्रिय बिधार्थीहरु काम गर्ने हस्पिटालीटी क्षेत्र लगभग ठप्प छ भने कैयौले काम गुमाउन परेको छ। यो कठिन समयमा अन्तररास्ट्रिय बिधार्थीहरु बढि मारमा परेका छन्।
हप्ता दिन काम गरेर आएको पैसाले अर्को हप्ताको लागि जोहो गर्ने धेरै बिधार्थीहरुलाई लकडाउनले केही असहज पक्कै भएको छ। यहि असहज परिस्थितीलाई मध्यनजर लगाउँदै भिक्टोरीयाको फूड बैंकले नि: शुल्क खाना र किराना सामानहरू प्रदान गर्न अन्तरराष्ट्रिय विद्यार्थी पप-अप स्टोरको व्यबस्था गरेको छ। भिक्टोरिया सरकारले सेकेण्डबाइट, फूडबैक भिक्टोरिया र ओजेट हार्भेस्ट मार्फत अन्तरराष्ट्रिय विद्यार्थीहरूलाई निःशुल्क खाना र खाध्यन्न उपलब्ध गराउन १ मिलीयन डलर कोष प्रदान गरेको छ।
स्टडी मेल्बोर्नले ओजेट हार्भेस्टसँग मिलेर मेलबोर्न र भिक्टोरियाका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई नि: शुल्क आवश्यकीय खाध्यन्न वस्तुहरू वितरण गर्ने काम गरिरहेको छ।
तपाईको नजिकको स्थान फेला पार्न यहाँ क्लिक गर्नुहोस्

