eNepal

एनआरएनए अस्ट्रेलीयाले पठाएको १०० अक्सिजन कन्सन्ट्रेटर नेपाल पुग्यो

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा विश्वभर छरिएका विभिन्न संघ–संस्था र नेपाली समुदायको सहयोगमा थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर शनिबार साँझ ७ बजे (५ जुन २०२१) काठमाण्डौँमा आइपुगेको छ । जसमा यूकेबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानाडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट ७ वटा र अन्य सँस्थाबाट ३६ वटा अक्सिजन कन्सनट्रेटरको खरीदका लागि आर्थिक सहायता प्राप्त भएको हो । 

चीनस्थित नेपाली दुताबास र गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रकृया सहयोग गरेको थियो भने ढुवानी खर्च नेपाल सरकारले बेहोरेको थियो । 

यसैगरी, गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रबाट इलाम देखि जुम्ला सम्मका विभिन्न १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिन्डर खरिद सहित ११५० रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरि सकिएको छ भने दुर्गम क्षेत्रमा सिलिन्डर पठाउने अभियान जारी छ । 

विश्वभरीबाट प्राप्त बाँकि आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी गराएका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal