eNepal

जिएनएद्वारा एक अक्सिजन कन्सन्ट्रेटर र नेपाल स्थित तिन सँस्थालाई आर्थीक राहत सहयोग

भिक्टोरीया राज्य अन्तर्गत मेल्बोर्न पछिको दोश्रो ठूलो शहरको रुपमा चिनीएको जिलोङ र जिलोङ क्षेत्र आसपास बस्ने नेपालीहरुको साझा सँस्था जिलोङ नेप्लिज एसोसिएसनले मात्रृभुमी नेपाललाई कोरोना माहामारीको दोश्रो लहरले आक्रान्त बनाएको अवस्थामा प्रवासमा रहेका नेपालीले केही सहयोग गरौ भन्ने अभिप्रायका साथ जिलोङ तथा साउथ बार्वोन वरिपरी बसोबास गर्नु हुने सम्पुर्ण नेपालीहरुमा सहयोगको लागी आवहान गरेको थियो । कोभीड बिरुद्दको लडाईलाई साथ दिने उदेश्य अनुरुप जिएनएले १ हप्तामा $ २५१६ संकलन गरेको छ।

एनआरएनएको अभियानमा साथ दिदै जिएनएले १२ सय डलर सहयोग गरेको छ । सँस्थाको तर्फबाट अध्यक्ष निरज करणजितले आर्थिक संकलनको संयोजन गरेका थिए । समुदायबाट उठेको रकम गैर–आवासीय नेपाली संघको खातामा जम्मा गरेको जानकारी दिएका छन् ।

कार्यसमितीको सल्लाह अनुसार संकलीत भएको रकम एनआरएनएले सुरुवात गरेको अभियानलाई ऐकेबद्धता जनाउँदै अक्सिजन कन्सन्ट्रेटरको लागि सहयोग गरिएको हो। 

सङ्कलित रकमबाट बाँकि रहेको रकम भने नेपालको समुदाय स्तरमा काम गरी रहेकाको ३ सामुदायीक संस्थाहरु सानो पाइला, हर्टबिट र हितेरीसँग समन्वय गरी समस्यामा परेका पिडीतहरुका लागि आर्थीक राहत र तातो खाना प्रदान गर्नको लागि १ लाख २४ हजार रुपैया सहयोग गरेको छ। 

अध्यक्ष करणजितले सहयोग गर्नु हुने सम्पुर्ण साथीभाइ तथा दिदी बहिनीहरुमा जिलोङ नेपल्लिज असोसिएसनका तर्फबाट धन्यबाद दिनु भएको छ। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal