eNepal

एनआरएनएसहितले पठाएको १४०५ थान अक्सिजन कन्सन्ट्रेटर बोकेर चीनबाट उड्यो नेपाल एअरलायन्स

चीनबाट १५ करोड हाराहारीको स्वास्थ्य सामाग्री लिएर नेपाल एअरलायन्स काठमाडौं उडेको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषसहितको विभिन्न राष्ट्रीय समन्वय परिषद तथा विभिन्न संघ संस्थाहरुले खरिद गरेको स्वास्थ्य सामाग्री लिएर नेपाल एअरलायन्स काठमाडौं उडेको हो ।

एनआरएनए चीनका अध्यक्ष प्रदिप न्यौपानेले १४०५ थान अक्सिजन कन्सन्ट्रेटर, २० हजार ८० टेस्ट किट्स, २ पिस भेन्टिलेटर लिएर नेपाल वायुसेवा निगमको जहाज ७ औ पटक चीनबाट काठमाण्डौ उडीसकेको बताउनु भयो ।

अध्यक्ष न्यौपानेका अनुसार अक्सिजन कन्सन्ट्रेटर लगायतका सामाग्री एनआरएनए चीन, बेइजिङ स्थित नेपाली दुतावास र ग्वान्जौ स्थित नेपाली महाबाणिज्यदुतावसको सहयोगमा नेपाली ध्वजावाहक विमानले ग्वान्जौ एअरपोर्टबाट सामान लोड गरी नेपाल प्रस्थान गरिसकेको हो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal