eNepal

श्याम नेपाली राहत कोषद्वारा कोरोना सङ्क्रमीत बालबालीकाहरुलाई आर्थिक सहयोग

काठमाण्डौंको सामाखुसी स्थित मात्रृभुमी महिला समाजलाई श्याम नेपाली राहत कोषले आर्थीक सहयोग गरेको छ। यस सँस्थाको संरक्षणमा रहेका बालबालिका साथै कर्मचारीहरुलाई कोभीड १९ देखीएपछि सँस्थाले सहयोगको लागि अपील गरेको थियो।

उच्च मनोबल कायम राख्न र पौष्टिक आहार साथै रहनसहनमा सहजता होस् भन्ने सोचका  स्याम नेपाली राहत कोष मार्फत नगद रू ५०,००० सहयोग गरीएको कोषका संरक्षक सुमन देउजाले बताउनु भयो साथै सँस्थाका सबै परिवारलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ।

यस कार्यमा राजन खड्का (एभरेस्ट ड्राईभिङ) बाट $५५, सुशिल शर्माबाट $२०,नितिन क्षेत्रीबाट $५०, स्मृति ढकाल / अरूण उप्रेतीबाट $१००, सम्वृद्धि रिजालबाट $१५० र  बाँकी रकम स्याम नेपाली राहत कोष मार्फत सहयोग गरिएको छ।

यसका साथै केहि दिन अघि स्वास्थ्यकर्मी नवीन खड्काको पहलमा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई कोभिड उपचारको निम्ति जेठ १ देखि  शुरु भएको  आईसोलेसन कक्षका लागि नगद रुपैँया १ लाख ७० हजार पर्ने  “प्यासेन्ट  मोनिटर ” सहयोग गरेका थियो । 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal