अस्ट्रेलियाको मेल्बोर्नमा अबस्थित रोयल वेस्टर्न क्लबले फुटबल खेलाडी अरुण के सी लाइ आर्थिक सहयोग प्रदान गरेको छ। क्लबका पदाधिकारि लगायत सदस्यहरुबाट उठेको १४०० डलर एक समारोह बीच हस्तान्तरण गरिएको छ। गत अप्रिलमा अस्ट्रेलियाको एडलेडमा आयोजित गिरिस कप प्रतियोगितामा भएको खेलको दौरानमा उनलाइ खुट्टामा चोट लागेको थियो। केहि हप्ता आराम गर्नु पर्ने भएकोले उक्त अबधिभर नियमित काम गर्न नसक्ने हुँदा थोरै भए पनि उनको आर्थिक भार कम गर्न सकियोस भन्ने उदेस्यले क्लबको तर्फबाट सहयोग गरेको जानकारी क्लबका म्यानेजर दिपेन्द्र खड्काले दिनुभएको छ।

क्लबका भाइस प्रेसिडेन्ट रोशन दाहालले रकम हस्तान्तरण गर्दै उनलाई सिघ्र स्वास्थ लाभको कामना गर्दै क्लबले आफ्ना खेलाडीहरुलाई समस्यामा परेको बेलामा बिभिन्न तरिकाबाट आबस्यक सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा पनि यस क्रमलाई जारि राख्ने बताउनुभएको छ। भाइस प्रेसिडेन्ट दाहालले दुइ बर्ष अगाडी क्लबका अर्का खेलाडी रुजन श्रेष्ठलाई खेल खेल्ने दौरानमा घाइते हुदा आर्थिक सहयोग गरेको र क्लब सदा आफ्ना खेलाडीहरुलाई आइपर्ने समस्याहरुलाई निराकरण गर्न पनि सधै तत्पर रहेको बताउनु भयो।
मेल्बोर्नको वेस्टमा रहेको यस क्लबका कोषाध्यक्ष ससेंद्र गौतमले हरेक आइतबार फिजीकल फिटनेस प्रशिक्षण, हरेक बुधबार किड्स फूटबल प्रशिक्षण लगायत नियमित रुपमा रक्तदान कार्यक्र्म गर्दै आएको र आगामी दिनहरुमा अन्य खेलकुद लगायत सामाजिक गतिबिधिका कार्यक्रमहरु संचालनमा आउने बताउनु भएको छ।

