विगत २० बर्षदेखि अष्ट्रेलियाबाट नेपालको शहरी, क्षेत्रीय र दुर्गम क्षेत्रहरूमा बिभीन्न समुदायहरूसँग काम गर्दै आएको परोपकारी संस्था Aussie Action Abroad (AAA) कोभीड १९ फुड बैक अभियान शुरू गरेको छ।
विश्व महामारीको रुपमा फैलीएको कोभीड १९ ले नेपालको पर्यटन उद्योगलाई नराम्रोसँग असर पारेको छ। लगभग १८ महिना देखी समुदाय र व्यक्तिहरुमा रोजगार र आम्दानीका श्रोतहरु रोकीएका छन्। दोस्रो लहरको सामना गरि रहेका कैयौ नेपालीहरुको गाँस टुटेको छ भने आर्थिक, मानसिक स्वास्थ्य र सामाजिक प्रभावहरूले जिवन शैलीलाई नराम्रो प्रभाव पारेको छ।
अभावको बेला केही राहत प्रदान गर्ने हेतुले Aussie Action Abroad (AAA) ले सामुदायिक खाद्य बैंक मार्फत नेपाल स्थित साझेदार नेटवर्कसँगको सहकार्यमा खाद्यान्न र अतिआवश्यक बस्तुहरुको बितरण गर्ने छ।
सहयोग बापत आएको रकम $२५ ले एक व्यक्तिलाई एक महिनाको खाना प्याक उपलब्ध गरिनेछ भने $५० ले चार हप्ताको लागि एक परिवारलाई दुई हप्ताको खाना प्याक खरीद गरिनेछ। त्यस्तै $७० ले एक महिनाको लागि चार परिवारलाई खाना प्याकको व्यबस्था गरिनेछ।
हालको नेटवर्क साझेदारहरुमा मातृभूमि महिला समाजका कोभीड १९ बाट प्रभावित बच्चाहरूलाई खाना खुवाउने, काठमाडौं लायन्स क्लबमार्फत सडकमा बस्नेहरूलाई खाना उपलब्ध गराउँने र
इटपारे समुदायका गरिब र थोरै आय भएकाहरूको लागि भोजन आपूर्ति पहिलो प्राथमिकतामा रहेको छ।
सहयोगको लागि यो लिङ्मा क्लिक गर्नु होला।

