गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको २०२१–२०२३ कार्यकालका लागी अध्यक्षमा बुद्धी सुवेदी विजय भएका छन् । उनले ५ हजार ६ सय १८ मत ल्याउदै विजय हासिल गरेका हुन । उनले अध्यक्षका प्रत्याशी डा अर्जुन बन्जाडे, कृष्ण लामिछाने तथा तिलक केसीलाई पछि पादै जित हासिल गरेका हुन । अध्यक्षमा निर्वाचित सुवेदी एनआरएनएको वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन ।

