eNepal

एनएनसिआइद्वारा मेल्बर्न निवासी सकर खेलाडी नवीन घिमीरेलाई आर्थीक सहयोग

नेपाली न​याँ बर्षको उप​ल​क्ष्य​मा नेप्लिज नेबरहुड समुदाय (एनएनसिआइ)ले आयोजना गरेको पारिवारिक भेटघाट तथा​ शुभ​काम​ना आदान प्रदानको कार्य​क्र​मबाट उठेको रकम मेल्बर्नका सकर खेलाडीलाई प्रदान गरिएको छ। सँस्थाका सदस्यहरु र प्रायोजकहरुबाट उठेको $४०० सङ्कलित रकम ब्रोडमिडोज हिमालयन टाइगर क्लबका नवीन घिमीरेलाई दिने निर्णय एनएनसिआईले गरेको हो। एक मैत्रीपूर्ण खेलको दौरान उनको हात भाँचिएको थियो।

रकम थोरै भए पनि यो एक उदाहरण बनोस् ताकि समुदाएबाट खेलाडीको निम्ती केही मद्दत मिल्ने रहेछ भनेर उनीहरुमा मनोबल बढोस् भन्ने उद्देश्यका साथ सो रकम सहयोग गरिएको एनएनसिआईकी अध्यक्ष अमृता गुरुङले बताउनु भयो।

एनएनसीआई नेपाली समुदायको बाक्लो बस्ती र​हेको थोम​स्टाउन र​ ल्यालोर क्षेत्रमा गएको २४ अप्रीलबाट हरेक शनिवार थोमस्टाउन प्राइमरी स्कुलमा बिहान १० बजेबाट १२ बजे सम्म नेपाली भाषा र नेपाली नृत्यको कक्षा सन्चालन गर्दै आएको छ भने हरेक आइतबार बिहान ९ देखी ११ बजे सम्म फ्रेन्च स्ट्रिट हल, लैलोरमा जुम्बा र योगा प्रशिक्षण दिदै आएको छ। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal