म विदेश जानु अघि –पवन न्यौपाने
जान्छुनी आमा विदेश अब म धन कमाउन
गर्छु नि दु: ख तरेर सागर खुसीले रमाउन
ऋण छ आमा के गरी तिर्नु साँहुले कराउछ
नसके तिर्न मार्छकी भनि मेरो मन डराउछ
एक दुइ वर्ष गरुला दु :ख फर्केर आउला
साहुँको ऋण तिरी गाउँ छाडी सहरमा जाउला
म विदेश पुगेपछि
रैछ नि दु :ख ए मेरो आमा भनेको मानिन
रुदै छु एक्लै सम्झेर तिम्लाई भुल भयो जानिन
एक दुई महिना गरेर दु :ख आउने छ घरैमा
गुन्द्रुक र ढिडो पकाई खाउला त्यही कालो कराईमा
जे जति दु :ख गर्नेछु अब म आफ्नै देशमा
रमाउन सिक्छु अब म संधै त्यो आफ्नै भेषमा
सरकारले पनि बुझिदेउ अब लगाइदेउ हामीलाई काम
पसिना रगत यही देशमा बगाई राख्दछौ देशको नाम
जय नेपाल।

