eNepal

आज सोमबार यी कम्पनीले गरे सर्वाधिक कारोबार

काठमाडौँ, जेठ-१०। आज (सोमबार) बजारमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले सर्वाधिक कारोबार गरेको छ ।

कम्पनीले हिजो आइतबार मात्रै १:१ अर्थात् १ बारबार १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । हकप्रद निष्काशनको अनुमति पाएसँगै कम्पनीको कारोबारसँगै सेयरमूल्यमा उछाल आएको हो । कम्पनीले एक अर्ब २६ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य ७.१० प्रतिशतले बढेर ५ सय ८८रुपैयाँ पुगेको छ ।कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशनको अनुमति पाएको हो ।

त्यसैगरी, नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि सर्वाधिक कारोबार गरेको छ । कम्पनीले ३७ करोड ३३ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो । कम्पनीको सेयरमूल्य एक हजार ७३७ कायम भएको छ । कम्पनीले आज मात्रै लाभांश घोषणा गरेको छ ।

त्यस्तै कम्पनीले हाल कायम चुक्ता पूँजीको १५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे ।
सधैंजसो सर्वाधिक कारोबारको अग्रस्थानमा रहने नेपाल पुनर्बीमा कम्पनी आज सर्वाधिक कारोबारको तेस्रो स्थानमा रहेको छ । कम्पनीले सोमबार २८ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कम्पनीको सेयरमूल्य एक हजार ६५५ रुपैयाँ कायम भएको छ । यता, आईएमई जनरल इन्स्योरेन्स कम्पनीले २५ करोड ७० लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य एक हजार ३९८ रुपैयाँ कायम भएको छ । त्यस्तै सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २४ करोड ८१ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको अन्तिम कारोबार मूल्य ९ सय ९८ रुपैयाँ कायम भएको छ ।

सिभिल बैंक लिमिटेडले २४ करोड १४ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने, कुमारी बैंक लिमिटेडले २१ करोड ९८ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । यी २ कम्पनीको सेयरमूल्य क्रमशः २ सय ७३ रुपैयाँ र ३ सय ४४ रुपैयाँ कायम भएको छ ।

ज्योति विकास बैंक लिमिटेडले २० करोड ९८ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने नेपाल बंगलादेश बैंक लिमिटेडले २० करोड ८६ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । यी २ कम्पनीको सेयरमूल्य क्रमशः ३ सय २६ रुपैयाँ र ३ सय ४९२ रुपैयाँ कायम भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २० करोड ७७ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ कम्पनीको सेयरमूल्य ३ सय ९० रुपैयाँ कायम भएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal