eNepal

एएनपीएल र यात्री इभेन्टको सँयुक्त आयोजनामा दुई दिने मानसिक स्वास्थ्य प्राथमिक उपचार सम्पन्न

अस्ट्रेलीयन नेपाल पब्लिक लिङ्कको आयोजना अनि यात्री हाउस अफ ईभेन्टको सहआयोजनामा गएको २३ मे र २४ मेमा दुई दिने मानसिक स्वास्थ्य प्राथमिक उपचारको  २० घण्टे तालिम सम्पन्न भएको छ। २० जनाले सहभागिता जनाएको कार्यक्रममा सिड्नीबाट बिज्ञ मानसिक स्वास्थ्य सहायता प्रशिक्षक भरत नेपालले तालिम दिनु भएको थियो।

कोर्पस क्रिस्टी प्राइमरी स्कुल ग्लेनरोयमा सम्पन्न तालिमको संयोजक यात्री हाउस अफ ईभेन्ट्सका  अनिषा खड्का, दिक्क्षा उप्रेती, सुनीता गुरुङ र क्रान्ती जोशीले गरेका थिए।

यस कार्यक्रमको व्यबस्थापन एएनपीएलका अध्यक्ष निराजन गौलीले गर्नु भएको थियो।

सहआयोजकका तर्फबाट बोल्दै यात्री हाउस अफ इभेन्टका अध्यक्ष प्रकाश काजी थापाले   यो दुईदिने कार्यक्रम सोँचेभन्दा राम्रो भएको सकारत्मक प्रतिक्रिया दिदै सहभागी बिधार्थी,सहजकर्ता डा. भरत नेपाल र संयोजक निराजन गौलीलाई धन्यबाद दिनु भएको थियो।

यात्री हाउस अफ ईभेन्टले छिट्टैनै म्यानुअल हेन्डलीङको तालीम ल्याउँदैछ भने बनफायर म्युजिकल नाइट र तीज मेला समेत आयोजना गर्दैछ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal