पछिल्लो समय नेपालमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएकाहरुको सम्झनामा भिक्टोरियाको ग्रेटर जिलोङको टोर्केस्थित प्रशान्त महासागरको किनारामा रहेको आदिवासी जग्गा (indigenous land) मा दिदीबहिनी समाज भिक्टोरियाले दीप प्रज्वलन गरेको छ।

दिदीबहिनी समाजले आयोजना गरेको मदर्स डे विशेष २ दिने Well-Being Retreat कार्यक्रममा मेलबर्न, जिलोङ, बालाराट र बेन्डिगोका ५२ जना दिदीबहिनीको समूहले १०८ वटा क्यान्डललाई ॐकारको आकारमा प्रज्वलन गरी हाल नेपालमा भैरहेको कोभिड १९ को महामारीमा परेका संक्रमितहरु तथा उनीहरुका परिवार र आफन्त लगायत सम्पूर्णको सुख, शान्ति तथा संक्रमितहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरियो । साथै मृत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण पनि गरिएको थियो ।

दुई दिने बिशेष Well-Being Retreat को अबसरमा टर्केस्थित ओसन कन्ट्री पार्कमा एबोरजिनल सँस्कृतिबारे अन्वेषण गर्दै आदिवासी संस्कृति नेतृत्व कोचको साथमा अन्तरसांस्कृतिक शिक्षा र आदिवासी संस्कृति सांस्कृतिक आदानप्रदान गरिएको थियो भने आध्यात्मिक स्कलर सीता माताबाट भर्चुअल शरीर, दिमाग र आध्यात्मसम्बन्धी आध्यात्मिक जानकारी गराइएको थियो । बेन्डिगो निवासी मनोरमाबाट Mindfulness talk भएको थियो । कार्यक्रममा दर्पणाले खेलहरुको व्यबस्थापन गरेकी थिइन् ।

दुइ दिने उक्त मदर्स डे Well-Being Retreat को व्यवस्थापन अन्जु अधिकारीले गरेकी थिइन् भने डा. बिमलबाट भर्चुअल योग सत्र सँचालन गरिएको थियो । पार्बती पहारीले प्रत्यक्ष योगा सत्र सन्चालन गराएकी थिइन् ।
दिदीबहिनी समाज वेस्ट कोअडिनेटर रोशनी श्रेष्ठले दिदीबहिनीहरुलाई नेवारी बिशेष परिकार (योमरी) बनाउने तरिका सिकानु भएको थियो भने रोशनी श्रेष्ठ, कंचन थापा लगायत दिदीबहिनी समाज पश्चिम समूहद्वारा नेवारी र अन्य खाद्य व्यवस्थापन गरिएको थियो । अन्जनाद्वारा मोःमोको व्यबस्थापन गरिएको थियो भने कार्यक्रमको फोटोग्राफी र भिडीयोग्राफीको जिम्मा अनिता भण्डारी र चाँदनीले सम्हालेका थिए ।

कार्यक्रममा टीम निर्माण गतिविधिहरु लगायत मनलाई आनन्दित बनाउने गायन, नृत्य, टिकटक लगाएत बिभिन्न रमाइला कार्यक्रमहरु पनि गरिएका थिए ।
समाजकी अध्यक्ष डा. जमुना पराजुलीले आमाको मुख हेर्ने दिनको अवसर पारेर गरिएको दिदीबहिनीहरुको लागि Well- Being Retreat ले दिदीबहिनीहरुलाई भेटघाट मात्रै नभइ एक आपसमा सहयोगी भावना जागृत गराउनको साथै नयाँ कुरा सिक्ने, देख्ने, बुझ्ने र मनका भावनाहरु साटासाट गर्ने अबसर मिलेको र यसबाट महिलाहरुमा शक्ति सामर्थ्यमा सहयोग पुग्ने धारणा राख्नु भयो । सँस्थाले चाँडै नै नेपालमा भएको कोरोना माहामारीमा सहयोग गर्ने लक्ष्य राखेको छ ।

