eNepal

स्वास्थ्यकर्मीकालागि नेपाल टेलिकमले ल्यायो ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’

काठमाडौँ, जेठ-१०। कोरोना भाइरसको महामारीमा संक्रमण नियन्त्रण र उपचारका लागि अग्रपंक्तिमा रहेर खटिरहेका देशभरका स्वास्थ्यकर्मीको मनोवल उच्च राख्न र हौसला प्रदान गर्नका लागि नेपाल टेलिकमले निःशुल्क भ्वाइस कल सुविधाको अफर(धन्यवाद स्वास्थ्यकर्मी अफर) ल्याएको छ । स्वास्थ्यकर्मीले सो अफर एक महिनासम्मका लागि पाउने भएका छन

नेपाल टेलिकमका अनुसार उक्त सम्झौतामा आइतबार नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद, नेपाल नर्सिंंग परिषद, नेपाल फर्मासिष्ट परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषदबीच हस्ताक्षर भएको हो।

त्यस्तै यस अफरमा देशभरका स्वास्थ्यकर्मीहरुले प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड, प्रिपेड सिमकार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने छ। प्रिपेड सिमकार्ड प्रयोगकर्ता स्वास्थ्यकर्मीले एक महिनासम्म टेलिकमको नेटवर्कमा जुनसुकै समयमा कल गर्दा पनि शुल्क लाग्नै छैन । तर, पोस्टपेड प्रयोगकर्तालाई नियमअनुसार मासिक रेन्टल चार्ज मात्रै लाग्नेछ ।

टेलिकमले जनाए अनुसार स्वास्थ्यकर्मीलाई आफ्नै नाममा रहेका सिममा मात्रै यो सुविधा रहने छ । आफ्नो नाममा सिमकार्ड नहुने स्वास्थ्यकर्मीहरुले आफू सदस्य रहेको संस्थाको सिफारिस उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ । आफ्नो नाममा टेलिकमको सिम नरहेका स्वास्थ्यकर्मीले आफू सदस्य रहेको संस्थाको परिचय पत्रको आधारमा नयाँ सिमकार्ड तत्कालै लिन सक्नेछन् ।

नेपाल टेलिकम द्वारा जारि विज्ञप्ति:-

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal