eNepal

दिदीबहिनी समाज भिक्टोरीयालाई भिक्टोरीया राज्य सरकारबाट एकलाख बिस हजार डलर अनुदान सहयोग

मेलबर्न: दिदीबहिनी समाज भिक्टोरियालाई अस्ट्रेलियाको भिक्टोरिया राज्य सरकारबाट एकलाख बिस हजार डलर अनुदान सहयोग प्राप्त भएको छ । दिदीबहिनी समाजका सदस्यहरूको उपस्थितिमा ग्लेनरोय युनाइटिङ चर्चमा भएको एक कार्यक्रमका बिच मेलबर्नको पास्कोभेल क्षेत्रका लागि संसद सदस्य लिजी बेलेण्डथोनले सो अनुदानको घोषणा गरेकी हुन् ।

यस अघि पनि भिक्टोरिया राज्यको डानियल एन्ड्रयूज सरकारको Culturally and Linguistically Diverse (CALD) समुदाय टास्कफोर्स मार्फत दिदीबहिनी समाज भिक्टोरियालाई $ ५०,००० अनुदान प्राप्त भइसकेको छ ।

दिदीबहिनी समाज भिक्टोरियाले भिक्टोरियन नेपाली समुदायलाई कोरोना महामारीको बेला राहत सहयोग पुर्‍याउनमा महत्वपूर्ण भूमिका खेलेको छ ।

दिदीबहिनी समाज भिक्टोरियाले स्थानिय काउन्सिलहरूसँगको सहकार्यमा भिक्टोरिया बहुसांस्कृतिक समाज र अन्य महिला सशक्तिकरण संगठनहरू उत्तरी कानूनी समुदाय, महिला सर्कस भिक्टोरिया, मोरल्यान्ड लाइब्रेरी, नेपाली समुदाय संगठनहरूसँग साझेदारीमा बिभिन्न कार्य गर्दै आएको छ । यस सँस्थाले स्थानिय गैरसरकारी संस्थाहरुसँगको साझेदारीमा महिला तथा बालबालिकाहरूलाई समाजमा पुन: स्थापना र पुन: एकीकरण गर्न सहयोग पुर्‍याउन कार्य समेत गरिरहेको छ । 

भिडीयो हेर्न यो लिङकमा क्लिक गर्नु होला
https://www.facebook.com/didibahini.samajvictoria/videos/1866612346834544/?d=n

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal