eNepal

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे आईपीओलाई रेटिङ कति ?

काठमाडौँ, जेठ-७। युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी’ रेटिङ प्रदान गरेको छ ।

यस रेटिङले कम्पनीकाे समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ भने याे रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । हालसम्म कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिइसकेकाे छैन । सेबाेनमा निवेशन पेश गरी त्यहाँबाट स्वीकृती पाएपश्चात कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्नेछ ।

त्यस्तै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यस्तै कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रूपैयाँ रहेको छ । साधारण सेयर (आईपीओ) निष्कासन गरे पश्चात कम्पनीकाे चुक्ता पूँजी २ अर्ब नाघ्नेछ । चुक्तापूँजी २ अर्ब पुर्याउनुपर्ने भएकाले कम्पनी आईपीओ निष्कासन गर्ने तयारीमा जुटेकाे बीमा समितिको निर्देशनले जनाएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal