eNepal

चितवन समाज भिक्टोरीयाले रमाइलो साँझ आयोजना गर्दै, सहयोग गर्दै नेपालमा

चितवन घर भइ हाल अष्ट्रेलियाको भिक्टोरियामा वसोवास गर्ने नेपालीहरुको संगठन चितवन समाज भिक्टोरियाले मेल्बर्नमा रमाइलो साँझ कार्यक्रम आयोजना गर्ने भएको छ। यहि २५ मे साँझ ५ बजेबाट शुरु हुने साङ्गितीक कार्यक्रम इस्टोनियन हाउसमा हुने छ। 

भ्वास अफ नेपाल सिजन १ का रनरअप कुशल आचार्यको साथमा स्थानिय कलाकारहरु दिकपाल देव पङ्गेनी, प्रवीण योन्जन र रफिक महर्जनको साङ्गितीक प्रस्तुती हुने रमाइलो साँझमा डिजे सत्र हुने जनाइएको छ।

निशुल्क प्रवेश शुल्कको व्यबस्था गरिएता पनि सहयोग बापत उठेको रकम र समाजका सदस्यहरुबाट सङ्कलित रकम नेपाल पठाइने छ। नेपालमा अहिले कोरोना भाइरस महामारीको दोश्रो लहर आएको छ। यस्तो बिषम् परिस्थितीमा कार्यक्रम रद्द गर्ने छलफल पनि भएको तर सुमुदाएलाई एकजुट गराएर केही राहत सहयोग सङ्कलन गरेर नेपाल पठाउने हेतुले यस कार्यक्रमलाई निरन्तरता दिएको समाजका कार्यकारी सदस्य सुमन अधिकारीले बताउनु भयो।

यो माहामारीको बेला घरबारविहीन, बेरोजगार, गरीब र विपन्न वर्गका प्रत्यक्ष पीडित व्यक्तिका लागि करीव एक लाख रुपैया विनियोजन गरेको छ। सो रकम भरतपुर र नारायणगढ क्षेत्रमा बन्दको कारण पीडित व्यक्तिलाई खाना खुवाउन वा उनीहरूलाई खुवाउन पैसाको रकम खर्च गरिने छ।यो रकम केही भरपर्दो संगठनहरू जस्तै लाइन्स क्लव भरतपुर, नारायणगढ मार्फत हस्तान्तरण गरिने छलफल भइ रहेको छ।

त्यस्तै चितवन समाज भिक्टोरीया मार्फत हाइवे अस्पताल, मुग्लिनलाई दैनिक उपयोगको लागि अत्यावस्यक मनीटर सहयोग गर्ने भएको छ भने एनआरएनए अष्ट्रेलियालाई १२०० डलर बराबरको एक अक्सिजन कन्सन्ट्रेटर दिने प्रतिबद्धता गरिसकेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal