eNepal

स्याम नेपाली वेल्फेयर फन्डद्वारा १ लाख ७० हजार बराबरको प्यासेन्ट मोनिटर सहयोग

अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको हितमा काम गरिरहेको स्याम नेपाली वेल्फेयर फन्डले उर्लाबारी–३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई सहयोग गरेको छ ।

बछलादेवी सोसल फाउन्डेसनमार्फत् १ लाख ७० हजार बराबरको प्यासेन्ट मोनिटर सहयोग गरेको फाउण्डेसनले जनाएको छ । सुमन देउजाको अगुवाईमा अस्ट्रेलियमा रकम संकलन गरी पठाइएको बताइएको छ ।

फाउण्डेसनका अनुसार नेपालमा बढ्दो कोरोना संक्रमण दरले भयावह अवस्था सिर्जना गरेको र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा प्रशस्त स्वास्थ्य सामग्रीसमेत नभएकाले सहयोग गरिएको हो । अस्पतालका लागि सो मेसिन अत्यन्तै आवश्यक रहेको अस्पतालमा कार्यरत ल्याब टेक्निसियन नवीन खड्काले बताए । खड्कामार्फत् नै अस्पताललाई सो उपकरण फाउण्डेसनले उपलब्ध गराएको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal