eNepal

यी लगानीकर्ता जसले यो साता सर्वाधिक कमाए र गुमाए

काठमाडौँ, जेठ-१। यो साता सर्वाधिक कमाउने र गुमाउने दुवै जलविद्युतका लगानीकर्ता रहेका छन। यो साता (वैशाख २६–३०) लगानीकर्ताहरुका लागि सुखद रह्यो भने यो साता समग्र नेप्से परिसुचक ४६.९१ अंकले बढेको छ ।

अघिल्लो साताको कारोबारको अन्तिम दिन वैशाख २३ गते २६१३.३७ को विन्दुमा रहेको नेप्से परिसुचक यो साता ४६.९१ अंकले बढेर २६८४.०१ को विन्दुमा पुगेको छ ।

सातामा समग्र नेप्से परिसुचक ४६.९१ अंकले बढ्दा यो साता रु रु जलविद्युत आयोजनाका लगानीकर्ताहरुले सर्वाधिक मुनाफा कमाएका छन् भने अपि पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाउन पुगेका छन् । यो साता रु रु जलविद्युत आयोजनाको सेयर मूल्य ६०.३२ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै अघिल्लो साताको कारोबारको अन्तिम दिन ४९९ रुपैयाँमा अन्तिम कारोबार भएको यो कम्पनीको सेयर मूल्य यो साताको अन्तिम दिन सम्म आईपुग्दा ८०० रुपैयाँ पुगेको छ । यो एक सातामा या कम्पनीको सेयरमूल्य ३०१ रुपैयाँले बढेको छ । त्यस्तै यो साता समता लघुबित्त कम्पनीको सेयर मूल्यमा पनि व्यापक वृद्धि भएको छ । यो एक सातामा यो कम्पनीको सेयर मूल्य ५९.५१ प्रतिशतले बृद्धि भएको छ ।

अघिल्लो साताको अन्तिम दिन ७३१ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य यो साताको अन्तिम दिन सम्ममा ४३५ रुपैयाँले बृद्धि भएर १ हजार १६६ रुपैयाँ पुगेको छ। रु रु जलविद्युत आयोजनाले हालसालै आईपिओ जारी गरेको थियो । यो कम्पनीको दोस्रोबजार कारोबार यहि वैशाख २० गतेबाट मात्र सुरु भएकाको कारण पनि यो कम्पनीको सेयर मूल्य निरन्तर उकालो लागिरहेको छ । त्यसैगरी समता घरेलु लघुवित्त वित्तिय संस्थाको सेयर कारोबार पनि १ वर्ष भन्दा बढि समय देखि दोस्रो बजारमा रोक्का थियो ।

साविकका समता लघुवित्त र घरेलु लघुत्तिका बिचमा मर्जर भएर समता लघुवित्त बनेको हो । यी दुई कम्पनीको मर्जर प्रक्रियाले पुर्णता पाएपछि यहि वैशाख २१ गतेबाट मात्र यो कम्पनीको पनि दोस्रो बजार कारोबार प्रारम्भ भएको थियो । १ वर्षदेखि कारोबार रोक्का भएकाले कम्पनीको सेयर मूल्य अन्य लघुवित्त कम्पनीहरुको तुलनाम न्यून रहेकोले यो कम्पनीको सेयर मूल्य निरन्तर उकालो लागिरहकाे छ । त्यस्तै यो साता सर्वाधिक सेयर मूल्य घट्ने मुख्य कम्पनीहरुमा अपि पावर कम्पनी र बिशाल बजार कम्पनी रहेका छन् । यो साता अपि हाइड्रोपावर कम्पनीको सेयर मूल्य १२.८१ प्रतिशतले घटेको छ । यो सातामा यो कम्पनीको सेयर मूल्य ४६ रुपैयाँले घटेर ३१३ रुपैयाँ पुगेको छ ।

त्यसैगरी यो साता विशाल बजार कम्पनीको सेयर मूल्य पनि ११.७९ प्रतिशतले घटेको छ । यो सातामा बिबिसीको सेयर मूल्य ७९२ रुपैयाँले घटेर ५ हजार ९२४ रुपैयाँ पुगेको छ । अपि पावर कम्पनीले १ः०.२९३८ को रेसियोमा हकप्रद सेयर जारी गर्न लागेकाले कम्पनीको सेयर मूल्य समायोजन गरेका कारण पनि कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो भने विशाल बजार कम्पनीको सेयर मूल्यमा भने नाटकिय रुपमा कहिले निरन्तर सकारात्मक सर्किट ब्रेक त कहिले नकारात्मक सर्किट ब्रेक लागिरहेको छ ।

बिबिसीको सेयरमा सेयर कर्नरिङ भएको आरोप लाग्दै आएको भएतापनि अहिलेसम्म नियामक निकायले भने कुनै चासो देखाएको छैन ।

सातामा सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुः- गुहेश्वरी मर्चेन्ट बैंकिङ फाइनान्स कम्पनी को २७.६६ प्रतिशतले ,बोटलर्स नेपाल (तराई) को २६.६३ प्रतिशतले,एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २३.८२ प्रतिशतले,नारायणी विकास बैंकको २२.४५ प्रतिशतले, आँखुखोला हाइड्रोपावर कम्पनीको १९.१९ प्रतिशतले, समृद्धि फाईनान्सको १८.९९ प्रतिशतले,यु नियन हाइड्रोपावर कम्पनीको १८.४८ प्रतिशतले र राष्ट्रिय बिमा कम्पनीको १८.०२ प्रतिशतले सेयर मूल्य वृद्धि भएको हो ।

सातामा सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुः- महिला लघुवित्तको ८.८५ प्रतिशतले, सिंगटी हाइड्रोपावरको ८.११ प्रतिशतले, रैराङ हाइड्रोपावरको ७.९७ प्रतिशतले, जनउत्थान सामुदायिक लघुवित्तको ७.३५ प्रतिशतले, एभरेष्ट इन्स्योरेन्सको ६.५९ प्रतिशतले, छ्याङ्दी हाइड्रोपावर कम्पनीको ५.९८ प्रतिशतले,सपोर्ट लघुवित्तको ५.५५ प्रतिशतले र मेरो माइक्रोफाइनान्सको ३.८० प्रतिशतले सेयर मूल्यमा गिरावट आएको हो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal