काठमाडौँ, बैशाख-२९। आज बुधबार २९ गते सेयर कारोबार मापक नेप्से परिसूचक ०.५४ अंकले बढेर २६७३.८८ मा पुगेकाे छ ।
आज सर्वाधिक काराेबार गर्ने कम्पनीहरूकाे पहिलाे सूचीमा नेपाल पूनर्बीमा कम्पनी लिमिटेड रहेकाे छ भने कम्पनीकाे ३५ कराेड १६ लाख २५ हजार एक सय २९ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । त्यसपछि क्रमश : हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपि पावर, शिवम् सिमेन्ट, एनसीसी बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमाल दाेलखा हाइड्राेपावर, युनाइडेट माेदी, नबिल बैंक र हिमालयन पावर पार्टनरकाे सर्वाधिक काराेबार भएकाे छ ।

यो पनि पढ्नुहोस:- नेपाल राष्ट्र बैंक लिमिटेडले एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश स्वीकृत गरेकाे छ ।
चैत्र २६ गते, बिहीबार बसेकाे बैंककाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट काेषका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीकाे १२ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.६३ प्रतिशत नगद गरि कूल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।
त्यस्तै साेही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेकाे हाे । अब उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

