eNepal

एक्स्पर्ट एजुकेशनले नेपालीहरुको बाक्लो बसोबास रहेको ग्लेनरोयबाट पनि सेवा दिने

करिव ४०००० अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक र व्यावसायिक लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्दै संस्थागत र व्यावसायिक क्षमताको साथ सन् २००३ मा स्थापना भएको  एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले मेल्बर्नको उत्तरी क्षेत्रमा रहेको ग्लेनरोय जहाँ नेपालीहरुको बाक्लो बसोबास रहेको ठाउँबाट आफ्नो सेवा बिस्तार गरेको छ। 

गएको १ मे शनिबार एक बिशेष कार्यक्रमको आयोजना गर्दै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं भिक्टोरिया संयोजक प्रेम कँडेल, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष टोनु घोताने, विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुका साथै समूदायका अगुवाहरुको उपस्थितिमा नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले नयाँ शाखाको उद्घाटन गर्नुभएको थियो।

नेपाल र अस्ट्रेलीया लगाएत अन्य बिभीन्न रास्ट्रहरुमा शाखा रहेको एक्सपर्टले बिधार्थीहरुलाई शैक्षिक र व्यबसायिक परामर्ष दिने मात्र नभइ समाजिक सेवा पनि उत्तीकै सहभागीता जनाउँदै आएको छ। त्यस्तै स्पोर्ट्स क्लब, खेलका विभिन्न कार्यक्रम, प्रतियोगितामा सहयोग गर्दै आएका छ।

एक्सपर्ट एजुकेसनले मेल्बर्नबाट सेवा दिन थालेको दश बर्ष भइसकेको छ।यो दश बर्षको दौरान बिधार्थीहरुको लागि सहि र उपयुक्त सल्लाहा र परमर्श दिदै बिधार्थीलाई छिटो र छरितो सेवाको लागि अग्रणी नम्बरमा आउने एक्सपर्टले कोर्स र क्यारियर परामर्श, विश्वविद्यालयको आवेदन सहयोग, छात्रवृत्ति आवेदन सहयोग, भिसा आवेदन सहयोग

अंग्रेजी भाषा प्रवीणता परीक्षा तयारीहरू (IELTS, PTE), स्वास्थ्य बीमा (OSHC, OVHC), भिसा आवेदनको लागी मेडिकल बुकिंग सहायता लगाएत आवास खोज्न समेत सहयोग गर्दै आएको छ। यसको अलाबा पछिल्लो समय बिधार्थीहरुको अर्को गन्तव्यको रुपमा रहेको क्यानडा जान चाहानेहरुको लागि पनि सेवा दिदै आएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal