eNepal

मेल्बर्नको एक अस्पतालको आइसियुमा ४७ दिनदेखी रहेका अनील तामाङलाई सहयोग गरौ

स्वास्थ्यमा अचानक समस्या देखा परेपछि मेल्बर्नको सनसाइन अस्पतालको आइसियुमा भर्ना गरिएका अनिल तामाङको आज ४६ दिन सम्म आइपुग्दा पनि खासै सुधार देखीएको छैन्। 

पछिल्लो घटनाक्रमको बारे जानकारी लिन उनलाई नजिकबाट हेरीरहनु भएका र गो फन्ड मी मार्फत आर्थिक संकलन गर्ने अभियानको नेतृत्व गर्नु भएका मेलबर्नका समाजसेवी गौतम लामिछानेको जानकारी अनुसार अनिलकी दिदीले उनलाई हेरी रहेकी छिन्।  “दिदी पनि विद्यार्थी भिसामै रहेका कारण परिवारको दैनिकी नै कठीन बन्दै गएको अवस्था छ । 

यस्तो बेलामा हामी सबै मिलेर सहयोग गर्न सकेमा एउटा नवजीवन दिन सकिन्छ कि भन्ने अपेक्षाले यो अभियान सुरु गरेका हौं ।” यो फोटोमा जस्तो देखिनु भएको छ आजसम्म पनि उस्तै हुनुहुन्छ अनिल भाई।डाक्टरसँग बुझ्दा धेरै गार्हो छ भन्ने जानकारी प्राप्त भएको छ।

हाल सम्म गो फन्ड मार्फत  $१८००० उठिसकेको छ भने ३-४ हजार डलर अनिता बहिनीको खातामा जम्मा भएको छ अरु पनि सहयोग आउने आशा गरिरहेको छु ।

मिर्गी रोगका कारण बेहोस भएपछि गएको २४ मार्चमा उनलाई अस्पताल लगिएको थियो । चिकित्सकहरुले मिर्गी रोगका लागि चाहिने सबै उपचार गरिसके पनि प्रभावकारी बन्न सकेको छैन । उनलाई भेन्टिलेटरको सहायतामा उपचार गरी राखिएको छ ।

मिर्गीको उपचार गराइरहेका अनिललाई अहिले रगत जम्ने, संक्रमण लगायतको समस्या देखा परेको छ।

अनिल तामाङलाई आर्थिक सहयोग गर्न चाहानु हुन्छ भने गोफन्डमीको यो लिंकबाट गर्न सक्नुहुनेछ ।

https://www.gofundme.com/f/help-anil-tamang-epilepsy-seizures-patient?utm_source=facebook&utm_medium=social&utm_campaign=p_cf+share-flow-1&fbclid=IwAR3OK7-z3LMV1W7aOH1vwTLvJ3NFm6KEudImbu9ohr5R6vBsfbj11Y-xYIw

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal