मेल्बर्न नेप्लिज कम्युनिटी वेस्टले गएको साता एक कार्यक्रमको आयोजना गर्दै आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभाले शंकर थापालाई पुन: अध्यक्षमा चयन गरेको छ। त्यस्तै उपाध्यक्षमा नारायण कटुवाल, सचीवमा शंकर न्यौपाने, कोषाध्यक्षमा राजेश जैश्वाल चयन भएका छन्।
त्यस्तै कार्यकारी सदस्यहरुमा मनोज भट्टराई, रविन ठकुरी, मनिषा अर्याल, केशव खत्री, स्वर्णीम ढुङ्गाना, अन्जु बस्नेत, सुदीप न्यौपाने,शिव अमात्य, बिक्रम शर्मा पङ्गेनी, रेम्बो अधिकारी, तिलत सापकोटा, कृष्ण कार्की,अभिनय राणा, दिपेन्द्र खड्का, हरी पन्डीत रहेका छन्।
सोही दिन बसेको भेलाले डा. युगेन्द्र रेग्मी, एमएनटीभीका अपरेशन म्यानेजर एवम् चर्चीत व्याण्ड कन्दराका गायक विवेक श्रेष्ठ, दिदी बहिनी समाज भिक्टोरीया वेस्ट कोअडीनेटर रोशनी श्रेष्ठलाई सल्लाहाकार अनि बिशेष मिडीया प्रतिनीधीको रुपमा मनोज पौड्याललाई चयन गरेको थियो।
साधारण सभामा बोल्दै अध्यक्ष शंकर थापाले समुदाएमा निस्वार्थ भावनाका साथ यदि कोही समाजसेवा गर्छु भनेर अगाडी आउनु भयो भने उहाँलाई सम्मानको साथ जिम्मेवारी दिएर स्वागत गर्ने बताउनु भयो। पदलाई प्राथमिकता दिनु भन्दापनि समुदाएमा केही गरौ, समुदाएलाई एकजुट बनाऔ, बेला बेला आउने चाडबाढमा सवै जुटेर रमाइलो गरौ, दोश्रो पुस्तालाई आफ्नो पहिचान, कला सँस्कृती सिकाउन सबै मिलेर लागि परौ भन्दै उपस्थित सबैलाई धन्यबाद दिदै नयाँ सदस्यहरुलाई स्वागत गर्नु भयो।

सोही दिनको छलफलले १६ मे आइतबार रोयल वेस्टर्न क्लवसँगको सहकार्यमा बार्बेक्यु कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरेको थियो। विन्डम पार्क, वेरेवीमा हुने बार्बेक्यु कार्यक्रममा समुदाएका सबैलाई उपस्थितीको लागि समेत निमन्त्रणा गरिएको छ।
छिट्टैनै एमएनसी वेस्टले क्यारमबोर्ड प्रतीयोगीता ल्याउदैछ भने अन्य कार्यक्रमहरुको बारे पनि छलफल भइरहेको कोषाध्यक्ष राजेश जैसवालले बताउनु भयो।

