eNepal

आइ कम्पिट नेचुरलका गोल्ड मेडलीस्ट अनिल जङग कार्की ग्लोबल मार्क होवार्टद्वारा सम्मानित

तास्मानियाको होबर्टमा सम्पन्न भएको आइ कम्पिट नेचुरल( ICN) प्रतिस्पर्धाको गोल्ड मेडल र ब्रोन्ज मेडल विजेता अनिल जङग कार्कीलाई तास्मानियाको होबर्टमा रहेको ग्लोबल मार्क एजुकेसन एन्ड भिषा सर्भिसेजले सम्मान गरेको छ। कार्किले ICN प्रतिस्पर्धामा मेन्स फिजिक फर्स्ट टाइमर बिधामा गोल्ड मेडल र मेन्स फिजिक बिधामा ब्रोन्ज मेडल हात पारेका थिए। 

अनिल जङ्ग कार्की तास्मानियाको बिश्व विधालयबाट आइटिमा स्नातक पास गरेका बिध्यार्थी हुन। अष्ट्रेलियामा आएर पढाइ र कामको अलावा आफ्नो शरीरको पनि ख्याल राख्नु उत्तिकै महत्वोपुर्ण हुन्छ । एकातिर पढाइको चाप र अर्को तिर कामको पनि उतिकै चाप हुँदा हुँदै पनि आफ्नो शरीरलाई कसरी फिट र स्वस्थ राख्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हुन अनिल कार्की।  ग्लोबल मार्कका निर्देशक अरुण चित्रकार भन्नु हुन्छ – भाइलाई प्रेरणाको श्रोतको रुपमा हेरेर प्रवासको व्यस्त जिवन शैलीमा पढाइ, कामको अलावा आफ्नो रुचीलाई व्यबस्थापन गरेमा असम्भव भन्ने कुरा नहुने र  यसबाट बिधार्थी भाइबहिनीहरुले पक्कै शिक्षा लिन सकुन् भन्ने उदेश्यले कार्कीको सम्मान कार्यक्रम राखेको बताउनु भयो। 

सम्मान कार्यक्रममा एनआरएनएका तास्मानिया स्टेट कोअर्डिनेटर सन्देश परियार, नेपाली सोसाइटी तास्मानियाका सचिब प्रदिप पोख्रेल, तास्मानियन नेपाली क्रिकेट एसोसिएसनका अध्यक्ष प्रकाश उप्रेती र नेपाली बिजिनेस एसोसिएसन तास्मानियाका उपाध्यक्ष अनिल श्रेस्ठ सहित अन्य माहानुभावहरुको उपस्थिती रहेको थियो।

सम्मान कार्यक्रममा ग्लोबल मार्क एजुकेसन एन्ड भिजा सर्भिसेजले भर्खरै मात्र मेल्बर्नमा सम्पन्न भएको क्रीकेट ट्राइसिरिज -२०२१ को उपाधी जितेको टिम TNCA लाई पनि बधाई ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरेको थियो। टिम TNCA मा सहभागी क्रिकेट खेलाडीहरुलाइ प्रोत्साहन गर्ने उदेश्यले तास्मनियामा रहेका सबै क्रीकेट क्लबहरुलाई बधाइ दिदै सम्मान स्वरुप बधाईको प्रणाम पत्र छिटैनै पठाउने ग्लोबल मार्कका निर्देशक चित्रकारले बताउनु भयो।

कार्यक्रममा उपस्थित गुर्खा लिजेन्ड क्रीकेट क्लबका सचिब अभिषेक श्रेष्ठलाई ट्राइसिरिज जित्ने गोर्खा लिजेन्ड क्लबका खेलाडीहरुको महत्वपुर्ण भुमिकाको लागि धन्यबाद दिदै बधाइको प्रमाणपत्र प्रदान गरिएको थियो। 

एनाआरएनएका स्टेट कोअर्डिनेटर सन्देश परियारले अनिल जंग कार्कीको यो उपलब्धी अनिलको मात्रै नभएर सम्पुर्ण नेपालीहरुको गौरबको बिषय भएको र यो उपलब्धिलाई ग्लोबल मार्क एजुकेसन एन्ड भिजा सर्भिसेजले यसरी सम्मान गरेकोमा अनिल कार्कीलाई र ग्लोबल मार्क टिम दुबैलाइ धन्यबाद तथा शुभकामना दिनु भयो।।

ग्लोबल मार्क एजुकेशन र भिसाले  अष्ट्रेलियामा अध्ययन गर्न चाहने बिद्यार्थीहरुलाई परामर्श सेवाहरु प्रदान गर्दै आएको छ। विधार्थीको रुची र आवस्यक्तालाई पहिलो प्राथमिकतामा राख्दै बिधार्थीलाई बृस्तित जानकारी दिदै उनीहरुको सुरक्षित भविष्यबारे सुचित निर्णय गर्न सहयोग गर्दै आएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal