eNepal

नेपालीहरुको बाक्लो उपस्थितीका बिच नेप्लिज नेबरहुड समुदायले मनायो नेपाली नयाँ बर्ष

नेपाली न​याँ बर्षको उप​ल​क्ष्य​मा गएको आइतबार नेप्लिज नेबरहुड समुदाय (एनएनसिआइ)ले नेपाली समुदायको बाक्लो ब​स्ती र​हेको थोम​स्टाउन र​ ल्यालोर क्षेत्रमा पारिवारिक भेटघाट र​ शुभ​काम​ना आदान प्रदानको कार्य​क्र​म राखेको थियो। कार्य​क्रममा १५० भन्दा बढीको नेपालीह​रुको उप​स्थिती थियो।

साना बाल ब​च्चाह​रुको लागि फेस पेन्टिङका साथै बिभिन्न​ खेलह​रु खेलाएर​ म​नोर​ञ्ज​न प्रदान ग​रिएको थियो। अभिभावकहरुले घैटो फुटाउने खेल र​ नाच​गान ग​रेर​ खुसी साटासाट ग​रेका थिए। खेलमा प्रथम हुनेलाइ पुरस्कार बितरण गरिएको थियो। 

कार्य​क्र​ममा संस्थाका अध्यक्ष अमृता गुरुङले उप​स्थित स​बैलाई ध​न्य​बाद दिदै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रायोजक, सल्लाहाकार, सँस्थाका सदस्य, कलाकार भाइबहिनीहरुको बिशेष प्रशंसा गर्नु भ​एको थियो भने आउने दिनमा अन्य​ थुप्रै न​याँ न​याँ कार्यक्रमह​रु लिएर​ आउने प्र​तिब​द्धता ज​नाउनु भ​यो।

कार्यक्रम निक एसेन्जो पार्क थोमास्टाउनमा गरिएको थियो।

एनएनसीले गएको २४ अप्रीलबाट हरेक शनिवार थोमस्टाउन प्राइमरी स्कुलमा बिहान १० बजेबाट १२ बजे सम्म नेपाली भाषा र नेपाली नृत्यको कक्षा सन्चालन गर्दै आएको छ भने हरेक आइतबार बिहान ९ देखी ११ बजे सम्म फ्रेन्च स्ट्रिट हल, लैलोरमा जुम्बा र योगा प्रशिक्षण दिदै आएको छ। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal