eNepal

एएनएमसिले आफ्नो सदस्यता बिस्तार गर्ने कार्यक्रम अगाडि बढाउँदै

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसि)ले गत सप्ताहन्तमा दुई छुट्टा छुट्टै नेपाली सामुदायीक संस्थाहरुले आयोजना गरेको कार्यक्रममा सहभागि हुँदै आफ्नो सदस्यता बिस्तार गर्ने कार्यक्रमलाई अगाडि बढाएको छ । 

गत शनिबार स्थानिय मरन्डा डोरिन नेपाली कम्युनिटीको आयोजनामा सम्पन्न नेपाली नयाँ बर्ष शुभकामना आदान प्रादान गर्ने कार्यक्रममा एएनएमसिले आफ्नो “इन्फर्मेसन डेस्क” मार्फत एएनएमसि र यसका कार्यक्रमका बारेमा सहभागिहरुलाई जानकारी दिएको थियो । सो अबसरमा एएनएमसि अध्यक्ष राजेश आचार्यले आफ्नो शुभकामना मन्तव्य राख्दै एएनएमसिको मिसन, भिजन र मन्दिर अनि गुम्बा सहित सामुदायीक केन्द्र स्थापना गर्ने अभियानका बारेमा जानकारी दिदै सम्पूर्ण साथीनिय नेपालीहरुलाई यस संस्थाको आजीवन सदस्य बनेर यो माहाअभियानमा समाहित हुन आग्रह गर्नु भयो । उक्त अबसरमा एएनएमसिको आजिबन सदस्यका रुपमा ५ नयाँ नेपाली परिवारलाई खादा लगाएर स्वागत समेत गरिएको थियो ।

यसै गरी गएको आईतवार ओ एन यु एफ भिक्टोरियाले धरहरा पुनर्निर्माणको उपलक्षमा आयोजना गरेको कार्यक्रममा (एएनएमसि)को समेत सहभागिता रह्यो । सो अबसरमा अध्यक्ष आचार्यले सहभागिहरुलाई एएनएमसिको नयाँ कार्यसमितिले गरेका गतिबिधिका बारेमा जानकारी दिदै सबैलाई एएनएमसिको यो महाअभियानमा आजिबन सदस्यका रुपमा समाहित हुन आग्रह गर्नु भयो । सो अबसरमा ४ नयाँ नेपाली परिवारले आजिबन सदस्यता लिने घोषणा गर्नु भयो । 

३० भन्दा धेरै नेपाली सामुदायीक संस्था सकृया रहेको भिक्टोरियामा क्रमै सँग नेपाली समुदायका बिभिन्न गतिबिधीहरुमा सहभागि हुँदै संस्थाको सदस्यता बिस्तारलाई प्रभाबकारी रुपमा अगाडि बढाउने योजनाका साथै आगामी दिनमा बिशेष कार्यक्रम सहित सदस्यता बितरण अभियान संचालन समेत गरिने अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसि) का प्रबक्ता दिक्पाल देव पंगेनीले जानकारी गराउनु भयो।

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal