नेप्लिज एसोसियसन अफ भिक्टोरीया (न्याभ) र अस्ट्रेलियन नेपाल पब्लिक लिङक (एएनपीएल)को सँयुक्त आयोजनामा मेल्बर्नमा मानसिक स्वास्थ्य प्राथमिक उपचारको दुई दिने २० घण्टे तालिम सम्पन्न भएको छ। २० जनाले सहभागिता जनाएका कार्यक्रममा सिड्नीबाट बिज्ञ मानसिक स्वास्थ्य सहायता प्रशिक्षक भरत नेपालले तालिम दिनु भएको थियो।

बिशेष गरेर अन्तररास्ट्रिय नेपाली बिधार्थीहरुलाई लक्ष्क्षित गरेर आयोजना गरिएको तालिममा नेपाली बिद्धार्थीहरूको उल्लेखनिय सहभागिता रहेको थियो।
अहिले विश्वजगतनै नै कोरोनाको माहामारिले ग्रस्त भएको बेलामा नेपालबाट पढ्न आउने बिद्धार्थीहरूको अस्ट्रेलीया बसाई असहज हुनुमा काम गुमाउनु मुख्य कारण हुो भने कलेजको चर्को फि तिर्न हम्मे हम्मे हुनु र नेपालबाट परिवारको आवस्यक्ताहरू पुरा गर्न नसक्नु नै मुख्य कारक रहेको छ।
यि र यस्ता बिविध समयस्याहरूले धेरैलाई मानसिक तनाब भैरहेको अवस्थामा न्याभ र एएनपीएलले परोपकारीमुलक तालिम दिएर धेरैमा आत्मसन्तुष्टि दिलाउन ठुलो भुमिका खेलेको कुरा सहभागिहरूले खुल्ला दिलले बताए।

सहभागिहरूले कार्यक्रममा आआफ्ना घटित घटनाहरू, देखेका र स्वयम आफैंले भोगेका भावानाहरू साटासाट गरेका थिए। बिधार्थाहरू नेपालबाट आउने बेला धेरै ठुलो सपनाको महलहरू बोकेर आउने तर यथार्थमा यहाँ आएपछी सोचे अनुरुपको नभएकोले पनि मानसिक स्वास्थ्यमा असर परेको धारणा राखेका थिए।
आयोजकका तर्फबाट बोल्दै न्याभका अध्यक्ष राम गुरुङले यो दुईदिने कार्यक्रम सोँचेभन्दा राम्रो भएको सकारत्मक प्रतिक्रिया दिदै किताबको कथा बुझ्न भित्री आबरण पढ्नु आवश्यक छ बाहिरी खोलबाट किताबको आशय नबुझिने कुरा व्यक्त गर्नु भयो।
कार्यक्रमको दौरान सारङ्गीवाधक पुस्कल गायकले नेपाली लोकसङ्गीतमा आधारित धुन बजाएर केहीबेर मनोरन्जन गराएका थिए।
त्यस्तै गएको शुक्रबार एएनपिएल र वेस्टर्न सिडनी विश्वविद्यालयको सङ्युक्त प्रयासमा मानसिक स्वास्थ्यका मुद्दाहरूमा नेपाली समुदायलाई कसरी सहयोग पुर्याउने सकिन्छ भन्ने बिषयमा एक बिशेष परामर्शको आयोजना गरिएको थियो।उक्त अवसरमा प्रमुख अतिथी भिक्टोरियाका लागि नेपालका तर्फबाट महावाणिज्य दूत चन्द्र योन्जन र वेस्टर्न सिडनी विश्वविद्यालयका प्रोफेसर डा. निल होले सङ्युक्त रुपमा एएनपिएलको वेभसाईटको लोकार्पण गर्नु भएको थियो।

सन् २०१४ देखि अस्ट्रेलिया नेपाल पब्लिक लिंकले अस्ट्रेलीयाको नेपाली समुदायमा मानसिक रोगको रोकथाम, मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिमका अलावा सडक तथा पैदल यात्री सुरक्षा, बाइक शिक्षा प्रशिक्षण, पानी सुरक्षा, घर र कार सुरक्षा परियोजना सम्बन्धी बिभीन्न नवीन कार्यक्रमका तालिम संचालन गर्दै आएको छ ।
यदि तपाई या अरु कसैलाई तत्काल मनोवैज्ञानकि सहायता चाहिएको छ भने निम्न स्थानमा फोन गर्न सक्नुहुन्छ ।
Lifeline: 131114
Kids Helpline: 1800551800
Mensline Australia: 1300 7899 978
Sucide call Back serive: 1300 659 467
Beyound Blue: 1300 22 4636
Headspace: 1800650890

