eNepal

छोराछोरीले दिएको पकेट मनीको केही हिस्सा सहयोग गरे नेपाली सामुदायिक भवनलाई

मेल्बोर्न घुम्नको लागि होस् या नातीनातीनालाई भेट्नको लागि या अन्य बिभीन्न प्रायोजनका लागि आएका आमाबुबाको एक समुहलाई गएको शनिबार दिदीबहिनी समाज भिक्टोरीयाको मेल्बर्न वेस्ट अभिभावक समुहले एकदिने धार्मीक भ्रमणको कार्यक्रम आयोजना गरेको थियो।

करिब तीसजना अभिभावकको साथ केही स्वमसेवी भाईबहिनी सहित बिहान साडे नौ बजे मेल्बोर्नको पश्चिममा अवस्थित टार्नेट स्टेसनमा जम्मा भएका आमाबुवाहरुलाई जुटाउने समन्वकर्ताको भुमीका दिदीबहिनी समाज वेस्ट कोअडीनेटर रोशनी श्रेष्ठले गर्नु भएको थियो।

भ्रमणमा दिदीबहिनी समाज भिकिटोरीयाकी उपाध्यक्ष प्रभा श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु विश्व अभियानका संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) का विस्व सल्लाहकार रामकुमार श्रेष्ठ, दिदीबहिनी समाज वेस्ट अभिभावक समुहका अध्यक्ष बाबुराम न्यौपाने, सदस्य सरस्वती खनाल, वेस्ट युनिट सदस्य पुजना खनाल सहभागीता रहेको थियो।

मेल्बर्नको टार्नेटबाट शुरु भएको यात्रामा आमाबुवाले भर्पूर मनोरन्जन लिनु भएको थियो भने भजन र मिठा मिठा लोकभाकामा गीत गाउन तछाड मछाडनै चलेको थियो। पहिलो गन्तव्य श्री शिव बिस्णु मन्दिर डेन्डेनोङ थियो भने अर्को गन्तव्य कार्डेनिया रिजर्भ पार्क थियो। 

केही बेरको मन्दिर दर्शन पछि आमाबुवालाई चियापानको व्यबस्था मन्दिरसँगै जोडीएको क्यान्टीनमा गराइएको थियो। आमाबाहरु भन्दै हुनुहुन्थ्यो धेरै समय पछि बिदेशमा पनि यस्तो सबै साथीभाईसँग भेटघाट गराएर मन्दिर घुमाउने अवसर जुटाइदिनु भएकोमा दिदीबहिनी समाज भिक्टोरीयालाई धेरै धन्यबाद दिन्छौ। यस्तो कार्य अरु पनि सँघसँस्थाहरुले गरिदिए कति राम्रो हुन्थ्यो। भजनको बिच बिचमा भन्दै हुनुहुन्थिए दिदीबहिनी समाजको जय होस्।

यात्रामा पूर्वी नेपाल झापा देखी हेटौडा, चितवन, काठमाण्डौ लगायत पश्चिम नेपालसम्मका आमाबुवाहरु सामेल हुनुभएको थियो।

प्राय सबै जना नेपाल र अस्ट्रेलीयामा कोरोना माहामारी शुरु नहुँदै आउनु भएको रहेछ। डर र त्रासको बिचनै बित्यो गएको एक बर्ष त।कतिखेर के हुने होला भनेर फोनबाट नेपाल घर छरछिमेकी अनि आफ्न्तसँगको कुराकानी अनि टिभी हेरेरै बित्यो।बोरु अहिले झन् अत्यास लागेको छ। झन् डर लाग्दो कोरोना आएको छ रे नेपालमा।कसरी बाच्छन् कुन्नी। हामी त यहाँ छौ अहिलेनै त मरिदैन होला। नेपाल हुनेको पो डर लागेको छ। 

यात्राको दौरान घरी हाँस्ने, जिस्कीने, रमाइलो गर्ने, दोहोरी चल्ने क्रम चलिनै रहेको थियो। बिदेशमा छोरा छोरीको व्यस्त जिन्दगीलाई पनि बेला बेला गीतका भाकामा सटायर हान्दै हाँसो मज्जा चल्थ्यो भने बेलाबेला श्लोकको घम्साघम्सी पनि परि रहेको हुन्थियो।

त्यतिकैमा एकजना आमाले भन्नु भयो म चौध बर्ष अगाडी जिलोङमा आउँदा दशैको टिका सय जना भन्दाबढीलाई एकैठाउँमा लगाइ दिएको थिएँ। अहिले त पाटी पनि फुटेछ।जमघट निकै पातलो भएछ। फलानो सँघ र ढिस्कानो सङ्घ भनेर तितरबितर भएछन्। आमाको कुरा सुनेर सबै आमाबा मुखामुख गर्दै गलल हाँसे।

यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने  अस्ट्रेलीयन मल्टिकल्चल कम्युनिटी सर्भीसलाई बिशेष धन्यबाद दिदै कार्यक्रम संयोजक रोशनी श्रेष्ठले दिदीबहिनी समाजलाई आजको यो उचाइमा पुर्याउन बाआमाको योगदान, सहयोग, मायाँ, आशिर्वाद र उर्जाले नै सम्भव भएको बताउनु भयो। 

सोही क्रममा अभिभाबकहरुबाट मेल्बर्नमा बनाउन लागिएको मन्दिर र गुम्बा सहितको नेपाली सामुदायिक भवनको लागि आफुलाई परेको बेला खर्च गर्न छोराछोरीले दिएको दश बिस डलर रकमबाट केही रकम हामी सबैको नेपालीको बन्न लागेको नेपाली मन्दिरलाई थोरै भएपनि सहयोग मिलोस् भन्ने हेतुले सबै आमाबुबाबाट करिव तीन सय सत्र डलर एएनएमसीकी सल्लाहाकार समेत रहनु भएकी रोशनी श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो।

अभिभावकहरुको तर्फबाट दिदीबहिनी समाज वेस्ट अभिभावक समुहका अध्यक्ष बाबुराम न्यौपानेले भन्नुभयो हुन त जम्मा गरिएको रकमले त्यो ठुलो लगानीमा बन्ने भवनलाई खासै ठुलो प्रभाव त नपार्ला तर छोराछोरीले खर्च भनेर दिएको दश बिस डलर भएनी नेपाली मन्दिरको नाममा सहयोग गर्न पाउँदा मन चौडा भएको बताउँदै चाडैनै सबै नेपालीको आफ्नै मन्दिर बनोस् भनेर शुभकामना दिनु भयो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal