सन् २०१४ मा नेपाल र अष्ट्रेलियामा एकैपटक संचालनमा आएको डाँफे कन्सल्टिङ्गले मेल्बर्नमा गएको आइतबार २६ अप्रीलको दिन एक बिशेष कार्यक्रमको आयोजना गर्दै शैक्षिक र माईग्रसन एक्सपो आयोजना गरेको थियो। एक्स्पोमा टोरेन्स युनिभर्सिटी, चार्ल्स स्ट्र्ट युनिवर्सिटी, होम्स इन्स्टिच्यूट, आरजीआईटी, स्टोट्स लगाएतका २५ भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुको सहभागीता थियो।
एक्सपोमा बिधार्थीहरुको उल्लेख्य मात्रामा सहभागीता थियो भने ४८५ भिषामा रहेका बिधार्थीले ट्रेड पाठ्यक्रमहरू बारे जानकारी लिएका थिए। बिधार्थीहरुले कलेजहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष अन्तक्रिया समेत गरेको आयोजक डाँफे कन्सल्टिङ मेल्बर्नका निर्देशक रजिस्टर्ड माईग्रेसन एजेन्ट सन्तोष कर्णले जानकारी गराउनु भयो।

सोही दिन डाँफे कन्सल्टिङ्गको नयाँ कार्यालय पनि उद्घाटन भएको छ।
कार्यक्रमका प्रमुख अतिथिका रुपमा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जन, एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा टिडव्लुजीजी एवम् घोथाने लयर्सका प्रमुख टोनु घोथानेले सँयुक्तरुपमा रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभएको थियो। उपस्थित अतिथीहरुबाट डाँफे कन्सल्टिङ्गले शैक्षिक र माईग्रेसन परामर्श क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा सफलताको लागि शुभकामना समेत दिनुभएको थियो।
नयाँ कार्यालयको शुभारम्भ अनि शैक्षिक र माईग्रेसन एक्स्पोबारेमा बोल्दै डाँफे कन्सल्टिङ्गका निर्देशक सन्तोष कर्णले डाँफे कन्सल्टिङ्गले दिंदै आएको सेवालाई अझ व्यापक, सहज र छरितो बनाउने अभिप्रायले नयाँ ठाउँबाट सेवा प्रदान गर्ने हेतुले कार्यलयलाई बिस्तार गरिएको बताउनु भयो। यस कार्यालयबाट विद्यार्थी तथा हाम्रा सेवाग्राहीले अझ गुणस्तरीय अनि छिटो र छरितो सेवा पाउन सक्नुहुनेछ। यसबाट कार्यालय संचालनका लागि मात्र नभएर हामी र विद्यार्थीहरुको बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि सहयोग हुनेछ भन्नेमा विश्वस्त रहेको धारणा व्यक्त गर्नु भएको थियो।
डाँफे कन्सल्टिङ्गले हाल मेल्बर्न, सिड्नी, काठमाडौं र चितवन अनि भारतका केही एसोसियट्स पाट्नरहरूसँग मिलेर परामर्श दिदै आइरहेको छ।

