eNepal

मेल्बोर्नको एनएनसीले नेपाली स्कुल ,योगा र जुम्बा कक्षा सन्चालनमा ल्याउँदै

मेल्बोर्नको नर्थ क्षेत्रमा रहेको नेप्लिज नेवरहुड कम्युनिटी एनएनसीले अस्ट्रेलीयामा जन्मेर हुर्कीदै गरेको दोश्रो पुस्तालाई नेपाली भाषा र नेपाली नृत्यको प्रशिक्षण दिने हेतुले आगामी २४ अप्रीलबाट नेपाली भाषा र नेपाली नृत्य  साथै २५ अप्रीलबाट जुम्बा र योगा प्रशिक्षण सन्चालनमा ल्याउने तयारी गरेको छ। 

हरेक हप्ताको शनीबार बिहानको दश बजेबाट बार्ह बजे सम्म सन्चालन हुने कक्षालाई दुई समुहमा बिभाजन गरेर नेपाली कक्षा र नृत्यको तालीम दिने छ।       

बिदेशमा जन्मेर हुर्किदै गरेका बालबालीकाहरु पश्चिमा भाषा र सँस्कृतीमा रमाउँदै गर्दा कतै आफ्नो मौलीक भाषा र सँस्कृती भुल्ने पो हुन् कि भन्ने चिन्ताको बिषय अहिले प्राय अभिभावकहरुमा बढ्दै गएको छ। 

बाक्लो मात्रामा नेपालीहरुको बसोबास रहेको मेल्बोर्नको नर्दन भागका थोमस्टाउन, लैलोर तथा आसपासका क्षेत्रमा पक्कैपनि यस बाल चौतारी स्कुलले त्यहाँ वरिपरी रहेका बिधार्थी भाईबहिनीहरुलाई नेपाली भाषा बोल्न र सिक्नमा मद्दत पुर्याउने कुरामा ढुक्क रहेको कुरा नेप्लिज नेवरहुड कम्युनिटीकी अध्यक्ष अमृता गुरुङले बताउनु भयो।

बिगत ७/८ साल देखी प्रेस्टोनमा न्याभ तथा स्थानिय समुदाएको सहयोगमा कक्षा सन्चालन ल्याएको एनएनसीले गत बर्ष कोभीड तथा भवनको अभाबले कक्षा संचालन रोकीएको र पछी डा. सन्देश पन्तको विशेष पहलमा Whittlesea Council संग समन्वय गरि हाल थोमस्टाउनको थोमस्टाउन प्राइमरी स्कुलमा सन्चालनमा ल्याउन तयारी गरेको यस स्कुलका कोअडीनेटर पिताम्बर कोइरालाले जानकारी दिनु भयो। 

बिधालयलाई राम्रोसँग सन्चालनमा ल्याउन सबै समुदायको उल्लेख्य भुमिका रहेकोले सबैले आफ्ना बालबालिकालाई भर्ना गरि दिनुहुन बिशेष अनुरोध समेत गरिएको यस समुदायका उपाध्यक्ष प्रकाश चालिसेले बताउनु भयो।

नेपाली भाषाको कक्षा पुजा रेग्मीले लिदै हुनुहुन्छ भने पुजा गुरुङ र क्रिस्टिना अनुले नृत्य र जुम्बाको कक्षा संचालन गर्दै हुनुहुन्छ।योगाको प्रशिक्षण भने जो हेड्टले दिनुहुनेछ जसले २५ बर्ष भन्दा बढी समयदेखि योगा अभ्यास गर्दै र विगत तिन बर्षदेखी प्रशिक्षण दिदै आउनु भएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal