नेप्लिज एसोसियसन अफ साउथ इस्ट मेल्बर्न (एनएएसइएम)ले नयाँ बर्ष २०७८ लाई सामुहिक रुपमा स्वागत गर्दै एकअर्कामा शुभकामना आदनप्रदान गर्ने हेतुले नयाँ बर्ष २०७८ साँझ धुमधामका साथ मनाएको छ।
बिशेष गरेर अस्ट्रेलीयामा जन्मेर हुर्किदै गरेको दोश्रो पुस्तालाई नेपाली चाडबाढ, रहनसहन, भेषभुषा र परम्परा बारे चिरपरिचीत गराउन यस्ता कार्यक्रमले मुख्य भुमिका खेल्दछ।

नयाँ बर्ष साँझमा हाम्रो नेपाली पाठशालाका बिधार्थी भाईबहिनीहरुले गीत, वक्तव्य, कविता, संगीत र नृत्य प्रस्तुत गरेका थिए। हाम्रो नेपाली पाठशाला सन् २०१४ बाट संचालनमा आएको छ। यो पाठशाला भर्मोउन्ट कम्युनिटी सेन्टर, भर्मोन्ट साउथमा अवस्थित छ।यस पाठशालाले नेपाली भाषा र नृत्यको कक्षा सन्चालन गर्दै आएको छ।

नासिमले मेल्बर्नको दक्षिणपश्चिमा बस्ने नेपाली समुदाएलाई एकजुट बनाउँदै भिक्टोरीयामा रहेका अन्य नेपाली समुदाय र सङ्गठनहरुसँग मिलेर बेला बेलामा बिभिन्न कार्यक्रमहरू मार्फत नेपाली संस्कृति, परम्परा, मूल्य, भाषा, खाना र पोशाकको प्रबर्धन यस सँस्थाले गर्दै आएको छ।


