eNepal

अर्काको डिम्याट खाताबाट शेयर कारोबार गर्नेलाई साढे ३ करोड जरिवाना

 

नेपालमा एकैजनाले ५० भन्दा बढी डिम्याट खाता बनाएर सेयर खरिद गर्ने गरेको पाइएको भन्दै सिडिएससीले केही समय पहिले तथ्य सार्वजनिक गर्यो ।

मृत्यु भइसकेका व्यक्तिका नाममा समेत सेयर खरिद गरेको पाइएको भन्दै त्यसलाई रोक्न नयाँ सफ्टवेयर ल्याउने तयारी गरिरहेको छ । एक प्राकृतिक व्यक्तिको नाममा मात्रै हुने कारोबारमा विकृति देखिएको भन्दै सिडएससीले कारबाहीसहितको तयारी गरिरहेको बेला नेपालका लागि समेत सावधान जानकारी राख्न मिल्ने भारतमा एउटा घटना सार्वजनिक भएको छ ।

फर्जी कागजात प्रयोग गरेर सेयर कारोबार गर्दा वा गराउँदा के कस्तो कारबाही हुनसक्छ भन्ने बारेमा नेपाल र नेपालीका लागि समेत उक्त घटना जानकारी लिन मिल्ने वा जनचेतनाका लागि योग्य हुनसक्ने देखिएको छ ।

भारतमा हालैमात्र फर्जी कागजात पेश गरेर सेयर हड्पने खेल भएको पाइएको छ । स्थानीय प्रशासनले ८ जनालाई सेयर कारोबारमा रोक लगाएको छ । यस्तै, २ कुरोड २२ लाख भारु बराबरको रकम फिर्ता गर्न आदेश पनि दिएको छ । त्यस्तै २६ डिपोजिटरीको कारवाही गर्न आदेश पनि दिइएको छ ।

बन्द भएका खाता प्रयोग गरेर सेयर कारोबारको खेल गरिएको थियो । त्यसमा कूल १४ वटा सूचीकृत कम्पनीको सेयरमात्रै ४ करोड ६० लाख भारु बराबरको धोकाघडी गरिएको थियो । कूल २६ वटा डिम्याट खातामा एकैखालको फोटो, नाम तथा प्यान कार्डको प्रयोग गरिएको पाइएको छ । सबै खातामा ४ देखि ५ वटा मोबाइल नम्बर प्रयोग गरिएको थियो । सेयर बिक्री गरेर पैसा अर्को खातामा जम्मा गर्ने गरिएको पाइएको छ । त्यहाँ चेक वा एटीएमबाट पैसा निकाल्ने गरिएको अनुसन्धानबाट खुलेको छ ।

स्थानीय नियमकारी प्रशासनले आशिका क्यापिटललाई आगामी ३ महिनासम्म नयाँ ग्राहक बनाउन प्रतिबन्ध लगाइएको छ । सेयर बजारको नियमकले हालसम्मकै ठूलो कारवाही भएको जनाएको छ । सेयरमा गलत खेल गरेको आरोपमा ८ जनालाई कारबाही गरिएको छ । नियमकले कारबाहीको सम्पूर्ण विवरण ८९ पेज लामो तयार पारेको छ । नियमले अरविन्द गोयलको सेयर बजारमा खरिद गरेको वा बिक्री गरेको तथा सामूहिक लगानी कोषमा सिधैँ वा कुनै न कुनैरुपमा गरेको लगानी समेत प्रतिबन्ध लगाएको छ ।

सेक्युरिटी बजारमा कुनै पनि प्रकारको कारोबार गर्न २ वर्षका लागि प्रतिबन्ध लगाइएको छ । यस्तै, सामूहिक लगानी कोष तथा अन्य सेयरमा गरिएको लगानीसमेत जफत गरिएको छ । गलत कारोबारबाट प्राप्त भएको २ करोड २२ लाख भारु बराबरको रकम ४५ दिनभित्र जम्मा गर्नसमेत आदेश दिइएको छ । उक्त रकमको वार्षिक १२ प्रतिशतको दरमा व्याज भुक्तानी गर्न भनिएको छ ।

यी सबै पैसा लगानीकर्ता सुरक्षा एवम् जनचेतनाका लागि तयार पारिएको कोषमा जम्मा हुनेछ । सो मामिलामा संलग्न भएको आरोपमा अभय जावलेकर, यतीन पारेख, मनीष राठी, धमेन्द्र भजक, रमेश डागा, जिग्नेश जैन, कौशिक सोलंकीलाई समेत सेयर कारोबारलाई एक वर्ष प्रतिबन्ध लगाइएको छ ।

विवरणअनुसार उनीहरूले १४ वटा सूचीकृत कम्पनीको ३ करोड ५६ लाख बराबरको सेयर २६ जनाको नाममा खरिद गरेका थिए । ती सेयरको बजार मूल्य ४ करोड ६० लाख भारु बराबरको रहेको छ । फर्जी नाममा गरिएको कारोबार गरेर उनीहरूले ठगीधन्दा चलाएका थिए । उनीहरूले सबै सेयर कारोबारबाट आएको पैसा बढीमा ३ भित्र निकाल्ने गरेको पाइएको छ । यस्तै, एटीएमबाट भने एक सातामा पैसा निकाल्ने गरेका विवरणमा उल्लेख छ ।

भारतको धितोपत्र कारोबारसम्बन्धी नियमकले एन्जल ब्रोकिङमाथि छानबिन गर्दा, उक्त तथ्य प्रमाािण्त भएको थियो । परीक्षणमा सबै विवरण गलत भएको पाइएपछि उनीहरू विरुद्ध कारबाही गरिएको हो ।अर्थापथ बाट

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal