eNepal

नेपाली सोसाइटी अफ नदर्न तास्मानियाको होली उत्सव यस्तो रह्यो (फोटो फीचर)

नेपाली सोसाइटी अफ नदर्न तास्मानियाले  लन्चेस्टनमा गएको शनिवार होली महोत्सव  मनाएको छ।हेरीटेज पार्क मोब्रेमा भएको होली महत्सवमा एक आपसमा रंग दलेर रमाइलो गरिएको थियो।

कार्यक्रमको शुरुवात नेपाली सोसाइटी अफ नदर्न तास्मानियाका सचिव प्रेम भट्टराईको स्वागत मन्तब्य र होली परीचयबाट भएको थियो। भाषालयका विद्यार्थीहरु र हृदय दाहाल द्वारा नृत्य प्रस्तुत गरिएको थियो भने हिमालयन रक फिल्ड ब्याण्डका सुलभ मास्के र साथीहरुको टिमले सांगितिक कार्यक्रम प्रस्तुत गरेका थियो। डिजे उज्वल खड्काले दर्शकलाई मस्तसँग नचाएका थिए ।

नेपाली सोसाइटी अफ नदर्न तास्मानियाका अध्यक्ष नवराज मुडभरीले उपस्थित सबैलाई धन्यबाद दिदै आगामी वर्षहरुमा पनि नेपाली मौलिक परम्परा झल्किने पर्वलाई यसैगरी मनाईने बताउनुभयो ।

तस्मानिया सरकार, लन्चेस्टन सिटी काउन्सिल, एनआरएनए तस्मानिया, लन्चेस्टन नेपाली फुटबल क्लब र लन्चेस्टन नेपाली क्रिकेट क्लबको सहकार्यमा भएको होली उत्सवको संयोजक सोसाइटीका जनसम्पर्क अधिकारी सन्तोष अधिकारले हेर्नु भएको थियो।

पछिल्लो समय लन्चेस्टनमा नेपालीहरुको बाक्लो रुपमा बसोबास बढेसँगै बिभीन्न साँस्कृतीक लगाएत खेलकुदका कार्यक्रमहरुले निरन्तरता पाउन थालेको छ। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal