eNepal

जिएनएले बहुसांस्कृतिक समुदायका साथ मनायो होली पर्व

जिलोङ नेप्लिज एसोसीएसन (जिएनए)ले नेपाली र अन्य बहुसांस्कृतिक समुदायका सदस्यहरूसँग मिलेर भव्यताका साथ होली  पर्व मनाएको छ। हिजो शनिबार दिउँसो १ देखि साँझ ५ बजे सम्म माउण्ट ड्युनेड रोडमा आयोजित होली पर्वको मुख्य आकर्षणमा डिजे अजीतको डिजे, नृत्य र असीमित रङग रहेको थियो।

सब भन्दा महत्त्वपूर्ण आकर्षणको रुपमा बच्चाहरु को लागी ईस्टर अण्डाको शिकार रहेको थियो जहाँ बच्चाहरू रमाईलो साथ इस्टर अण्डाको शिकार गर्न व्यस्त थिए।

डाभर्सीटेटका कार्यवाहक सीईओ ब्रायन म्याकमोहनले उक्त कार्यक्रममा भाग लिएका थिए । उनले जिलोङ र वरपरका नेपालीलाई होलीको शुभकामना दिदै जीएनएले बृहत समुदायमा नेपाली कला संस्कृती प्रदर्शन गर्न हरेक वर्ष यस्तो कार्यक्रम आयोजन गर्दै आएकोमा आयोजकलाई धन्यवाद दिए।

कोरंगमाइटका संघीय सांसद लिब्बी कोकर, दक्षिण बारवोन-राज्यका सदस्य डेरेन चीजम्यानले बिशेष कारण जनाउँदै आउन नसकेकोमा माफी माग्दै सबै नेपालीलाई रङहरुको बिशेष उत्सवको लागि शुभकामना व्यक्त गरेका थिए।

एकआपसमा रङ्ग दलेर भातृत्व अनि सदाचारको वृद्धि होस भन्ने शुभकामनाको साथ जिएनएले हरेक बर्ष होली पर्वलाई धुमधामका साथ मनाउँदै आएको अध्यक्ष निरज करणजितले जानकारी गराउनु भयो। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal