eNepal

नेप्लिज एसोसियसन अफ साउथ इस्ट मेल्बर्नको साधारण सभा सम्पन्न, भिष्म पाठक अध्यक्षमा चयन

नेप्लिज एसोसियसन अफ साउथ इस्ट मेल्बर्न (एनएएसइएम)ले गएको २४ जनवरीमा बार्षीक साधारण सभा सम्पन्न गरेको छ। 

कार्कारुक पार्क हिथर्टन भिक्टोरियामा सम्पन्न भएको साधारण सभाले भिष्म पाठकको अध्यक्षता नयाँ कार्य समिती गठन गरेको छ। उक्त कार्यसमितीमा सुजन शर्मा उपाध्यक्ष, मोहन ज्ञावली सचिब अनि मित्र प्रसाई कोषाध्यक्षमा सर्वसम्मत चुनिनु भएको छ।त्यस्तै ह्युम कुवँर, रमेश खड्का, शालीकराम अर्याल, टिका कँडेल, गणेश भण्डारी सदस्यमा चुनिनु भएको छ। उक्त साधारण सभाले किरण केसी, डिलोन न्यौपाने र किरण कण्डेलको तीन सदस्यीय सल्लाहाकार समिती पनि चयन गरेको छ।

नयाँ बर्ष २०२१ पारेर गरिएको वार्षिक साधारण सभामा बार्बेक्यु कार्यक्रम समेत आयोजना गरिएको थियो।

मेल्बर्नको दक्षिणपश्चिमा बस्ने नेपाली समुदाएलाई एकजुट बनाउँदै भिक्टोरीयामा रहेका अन्य नेपाली समुदाय र सङ्गठनहरुसँग मिलेर बिभिन्न कार्यक्रमहरू मार्फत नेपाली संस्कृति, परम्परा, मूल्य, भाषा, खाना र पोशाकको प्रबर्धन यस सँस्थाले गर्दै आएको छ।

सन् २०१७ मा स्थापना भएको एनएएसइएमले यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई विभिन्न खेलकुद र फिटनेस कार्यक्रमका साथै बिभीन्न स्वास्थ्य र स्वास्थ्य सुधारका कार्यक्रम समेत गर्ने गरेको छ। समुदायमा विभिन्न जातीय पृष्ठभूमिका नेपालीहरुमा ऐक्यबद्धताको भावना जगाउन विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको यस सँस्थाले नव प्रवासी नेपालीहरूलाई स्वागत अनि साथ र समर्थन समेत गर्दै आएको र निकट भविस्यमा पनि यी कार्यहरुलाई निरन्तरता दिने अध्यक्ष भिष्म पाठकले जानकारी गराउनु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal