eNepal

मेल्बर्नमा होली धुमधामले मनाइदै

भिक्टोरीयाको मधेसी समुदाएले हरेक बर्ष मनाउँदै आएको होली यस बर्ष पनि भव्य रुपमा मनाउने भएको छ। कोभीडको कारण गएको वर्ष स्थगित भएको होली यानिकी फागुवा आगामी २८ मार्च दिउँसो ११ देखी ४ बजे सम्म मेल्बर्नको कोबर्ग लेक रिजर्ब पार्कमा  “Celebrate Friendship, Harmony and Goodwill” भन्ने स्लोगनका साथ मनाउन लागिएको जानकारी अध्यक्ष डा. सुरेन्द्र रौनियारले गराउनु भएको छ।

गएको बर्ष कोरोना भाईरसको सन्त्रास अनि भिक्टोरियन सरकारले जारी गरेको लकडाउनको कारण स्थगित गरीएको होली कार्यक्रम यो बर्ष भने केही सहज परिस्थिती कायम भएको हुँदा धुमधामसँग मनाउने  आयोजकले जनाएको छ। घर बाहिर (आउटडोर) मा १०० जना सम्म भेटघाट गर्न भिक्टोरीयन सरकारको बर्तमान प्रतिबन्धका कारण रजिस्ट्रेसन भने अनिबार्य रहेको छ।रजिस्ट्रेसनको लागि यो लिङ्कमा क्लिक गर्नु होला।

https://fb.me/e/y1LxIM3f

यस पर्वलाई भव्य रुपमा मनाउन सन्जीव कानु र डा. जय झा सहित भिक्टोरीयाको मधेसी समुदाए (MCV)का उपाध्यक्ष गोपाल शाहको संयोजकत्वमा बिशेष कार्य टोली तय गरिएको छ।  

गीत सङ्गित र डिजेको साथमा रङ्गहरुको बिशेष पर्वलाई हर्षोस्लासका साथ मनाउन मधेसी समुदायले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि होली पर्बलाई रमाईलोसँग मनाउन बार्बेक्युपनि रहने छ भने डिजे एभरेस्ट मानव श्रीभास्तवले गर्दै छन्।

निशुल्क प्रबेशको व्यबस्था गरिएको यस कार्यक्रमलाई भिक्टोरीयन मल्टिकल्चरल कमिसनको साथ र सहयोग रहेको छ।  रङ्गको व्यबस्था आयोजकले गर्ने बताईएको यस कार्यक्रमको मुख्य प्रायोजक डाँफे कन्सल्टीङले गरेको छ भने लोजीस्टिकको जिम्मेवारी नेपा रिमुभल र फनफनी टुर्सले गर्दैछ। 

होली एक लोकप्रिय चाड हो जसलाई “वसन्तको चाड”, “रंगहरूको चाड” या र “प्रेमको उत्सव” पनि भनिन्छ।

यो कार्यक्रम बाहिरी कार्यक्रम रहेकोले भिक्टोरीयन सरकारको कोभीड सेफ सल्लाहा अनुसार सहभागीहरूले राम्रो हात स्वच्छता अभ्यास गर्नु पर्ने र सुरक्षित दूरी कायम राख्न आयोजकले आगन्तुकहरुलाई सल्लाह दिएको छ। त्यस्तै कुनै पनि एलर्जी वा रङहरुको कारण शरिरमा प्रतिकूल असर पर्ने सम्भावना भएका मानिसहरूले रङ्गको प्रयोग नगर्न समेत आग्रह गरेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal