हिन्दुको महान् पर्व शिवरात्रिको अबसर पारेर गएको बिहीबार मेल्बर्नको नेप्लिज नेबरहुड कम्यूनिटीले महाशिवरात्री पूजा हर्षोल्लास्मयका साथ मनाइएको छ ।
सय भन्दा बढी मात्रामा भक्तजनहरुको उपस्थितीमा भएको पूजामा शिव भगवानको पूजा-आरधना, भजनकिर्तन, ध्यान, योगा, आरतीको साथमा प्रसाद ग्रहण गर्दै मनाइएको थियो।
पण्डित नारायण प्रसाद ज्ञवालीले बिधीवत् शिव पूजा गर्नु भएको थियो।
कोरोना महामारी पछी गरिएको लकडाउनबाट बिस्तारै सामान्य बन्दै गएको मेल्बर्नमा धेरै समय पछि सामुदायीक रुपमा भएको यो बिशेष कार्यक्रममा भक्तजनले भर्पूर मात्रामा रमाइलो गरेका थिए।
द हेरिटेज रिसेप्शन, हाईस्ट्रीट ईपिंगमा भएको कार्यक्रमलाई भिक्टोरिया सरकार बहु-सांस्कृतिक आयोगले सहयोग गरेको थियो।
नेप्लिज नेबरहुड कम्यूनिटीले निकट भविष्यमा योग, ध्यान र जुम्बाका निशुल्क कक्षाहरु सन्चालन गर्ने कम्युनिटीकी उपाध्यक्ष अमृता गुरुङले जानकारी गराउनु भएको छ।






