eNepal

अस्ट्रेलीयाको पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसनले चुन्यो डा. पुडाशैनीको नेतृत्वमा नयाँ कार्यसमिति

अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन (एन ए ए ) को ४४ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार २७ फेब्रवरी अनलाईन मार्फत भएको साधारणसभाले डा मधु पुडाशैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयान गरेको हो ।
सँस्थाको विधानले गरेको ब्यवस्था अनुसार चारजना उपाध्यक्षहरु क्रमश निशा रानी, सुर्य भट्टराई, डा घनश्याम चापागाई र डा बसुन्धरा भट्टराई रहेका छन् । यस्तै संस्थाको महासचिव ऋषि आचार्य, सचिव जविन श्रेष्ठ र कोषाध्यक्ष नारायण खनाल रहेका छन् । संस्थाको कार्यसमिति सदस्यहरुमा तपाश्या श्रेष्ठ, डा कमल खरेल, आनन्द पारजुली, डा सन्तोश खनाल, मनऋषि धिताल, पुष्प आचार्य, उज्जवल सुवेदी, भरत राई रहेका छन् । थप पदाधिकारीहरु अध्यक्षले मनोनयन गर्ने ब्यवस्था विधानमा उल्लेख छ।
प्रमुख निर्वाचन आयुक्त देव गुरुङ र नेपाली समुदायका अग्रजहरु ईन्द्रा वन, डा नारायण प्रधान र  पदम शाक्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको हो ।
अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहाल प्रमुख अतिथी रहेको कार्यक्रममा सहभागिहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै राजदुत दाहालले बिगत ४५ बर्ष देखि एन ए ए ले अस्ट्रेलियामा नेपालीको पहिचान कायम राख्न खेलेको भुमिकाको प्रसंसा गरेका थिए । राजदुत दाहालले एन ए ए अस्ट्रलियामा परिपक्व सामुदायिक संस्था भएको बताउदै योजनाबद्ध कार्यले प्रगति हुँदै जाने बताए ।
संस्थाकी पुर्व अध्यक्ष ईन्द्र वनले नव निर्वाचित पदाधिकारीलाई बधाइ दिदै सक्रिय कार्यकालको कामना गरेकी थिइन । यस्तै अर्का पूर्व अध्यक्ष डा नारायण प्रधानले एन ए एले अस्ट्रलियामा नेपाली समुदायको पहुच यहाँको मुलप्रवाहमा पुर्याउन संयोजनको भुमिका खेल्नुपर्ने सुझाव दिएका थिए ।
पुर्व अध्यक्ष उमेश पन्तले एन ए एले नेपालको लायन्स क्लवसँगको सहकार्यमा नुवाकोटमा भुकम्पले क्षति भएको विद्यालयको भवन निमार्णका लागि गरेको सहयोग बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस्तै पूर्व अध्यक्ष चुरामनी बेलबासेले अस्ट्रेलियामा नेपाली समुदायको जनसंख्या बृद्धिसँगै संस्थाको जिम्मेवारी पनि बढेको र यहाँको मुलप्रवाहमा समुदायको पहुच बढाउन सक्रिय हुन सुझाव
दिएका थिए ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै डा मधु पुडाशैनीले एन ए एले नेपाली समुदायको प्रतिनिधित्व गरेर यहाँका बिभिन्न सरकारी निकाय र स्थानिय समुदायिक संस्थाहरुसँग सहकार्य शुरु गरेको बताए । समुदायिक संस्थामा ब्यवस्थित कर्पोरट संस्कृतिको प्रवद्र्धन गर्दै जाने, समुदायका आवश्यकतालाई सम्बोधन गर्ने, आफ्ना प्रतिबद्धताहरु पुरा गर्दै जाने र आफ्ना सफलताहरुलाई उत्सवको रुपम मनाउँदै जाने भनाई नव निर्वाचित अध्यक्ष डा पुडाशैनीको थियो ।
यस्तै संस्थाका महासचिव ऋषि आचार्यले संगठनिक प्रदिवेदन प्रस्तुत गर्दै एन ए ए यहाँका धेरै सामुदायिक र बहुसास्कृतिक संस्थाको संस्थागत सदस्य भएको र आगामि दिनहरुमा मुलप्रवाहमा नेपाली समुदायको संस्थागत प्रतिनिधित्व बढ्दै जाने बताए ।
कार्यक्रममा अस्ट्रेलियाको संघिय सरकारले प्रतिबद्धता जनाए अनुसार सिड्नीको ब्याङ्स निर्वाचन क्षेत्रमा नेपाली सामुदायिक भवन बनाउनको लागि अहिले सम्म भएका पहल र प्रगतिहरुको बारेमा कार्यसमिति सदस्य डा सन्तोश खनालले कार्यपत्र प्रस्तुत गरेका थिए  ।
एन आर एन ओसिनिया संयोजन होम पाण्डेले एन ए एले अस्ट्रेलियाका नेपाली सामुदायिक संस्थाहरुलाई संयोजन गर्दै सरकारसँग साँघुको रुपमा काम गर्नु पर्ने सुभाव दिएका थिए ।
सँस्थाका सल्लाहाकार पदम शाक्यले शुभकामना मन्तब्य दिदै अस्ट्रेलियाका नेपाली समुदायको अभिभावकको रुपमा एन ए ए ले भुमिका खेलेको बिचार राखेका थिए  ।
कार्यक्रममा संस्थाका पुर्वकार्यसमिति पदाधिकारीहरु पुरण सायमी र मन्जु शेरचनलार्ई आजिवन सदस्यबाट सम्मान गरिएको थियो ।
नेप्लिज अस्ट्रेलियन एसोसिएसन (एनएए) आज भन्दा ४५ वर्ष अघि १९७६ मा स्थापना भएको हो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal