eNepal

नेपाली जन सम्पर्क समिती अष्ट्रेलियाको दोस्रो साधारणसभा मेल्बर्नमा सम्पन्न, बिनित राज शर्मा अध्यक्षमा निर्बिरोध निर्वाचित

नेपाली जन सम्पर्क समिती अष्ट्रेलियाको दोस्रो साधारणसभा तथा महाधिबेशन आज मेल्बर्नमा सम्पन्न भएको छ । आजको साधारणसभाले अध्यक्षमा बिनित राज शर्मा, उपाध्यक्षमा बिनोद लामा, सचिबमा दिनेश बन्जरा, सहसचिबमा कमल लामिछाने, कोषाध्यक्षमा शोभित प्रधान निर्बिरोध चयन गरेको छ भने जन सम्पर्क अधिकृतमा प्रकाश थापालाई चयन गरेको छ।

त्यस्तै सदस्यहरुमा सबिना वाग्ले,पारु कंडेल, किशान कंडेल, सबिन धिताल, ज्ञानेन्द्र उप्रेती, प्रकाश चालिसे, नरेश रावल, यज्ञ जोशी, सन्तोश पाण्डे, कोपिला सापकोटा, यकराज बस्नेत, जगनाथ फुयाल, सुमन्यु थापा, तिलक सापकोटा, अर्जुन खनाल, सन्दिप बोगटी, दिपेन हमाल र नेत्र प्रसाद ज्ञवली चयन भएका छन्।

जन सम्पर्क समितीका कार्यबाहक अध्यक्ष बिनित राज शर्माको अध्यक्षतामा बसेको कार्यसमितीको बैठकले दुर्गा आचार्य, सोम प्रसाद गुरुङ्, र देवेन्द्र बस्नेतको तीन सदस्यीय निर्वाचन कमिती गठन गरेको थियो। नव निर्वाचित कार्य समितीको कार्यक्रममा उपस्थित नेपाली कांग्रेसको निती तथा बिचार प्रती आस्थावन साथीहरु बिचकोबृहत छलफलबाट  २४ सदस्यीय नयाँ कार्य समिती निर्बिरोध निर्वाचित भएको हो।

यसै अधिबेशन मार्फत दुर्गा आचार्य, सोम  प्रसाद गुरुङ, नारायण काफ्ले, सुरेश पोखरेल, देवेन्द्र बस्नेत, आशीष पाण्डे, कमल गैरेको सात सदस्यीय संरक्षक समिती र गणेश पौडेल, रमेश कार्की, लाल प्रसाद कंडेल, बुद्दी सापकोटा, राम कंडेल, हरी भुसाल, प्रकाश आचार्य, गोपाल काफ्लेको आठ सदस्यीय सल्लाहाकार समिती समेत चयन गरेको छ।

जन सम्पर्क समितीका निबर्तमान सचिव गणेश पौडेल द्वारा सन्चालित कार्यक्रममा नेपाली जन सम्पर्क समिती अष्ट्रेलियाका अध्यक्ष बिनित राज शर्मा, जन सम्पर्क समिती न्सुसाउथवेल्सका अध्यक्ष इथान शाक्य, जन सम्पर्क समितिका सोम प्रसाद गुरुङ्, एनआरएन आइसिसि सदस्यहरु दुर्गा आचार्य र नारायण काफ्ले, एनआरएनए प्रेसीडेन्ट केशव कंडेल, एनआरएनएका पूर्व प्रेसीडेन्ट टोन्नु घोथाने, एनआरएन महासचीव डा. ज्ञानेन्द्र रेग्मी, एनआरएनए प्रवक्ता नन्दु गुरुङ, एनआरएनए भिक्टोरीया कोअडीनेटर प्रेम कंडेल, एनएनटीभी अस्ट्रेलीयाका मुख्य समाचार सम्पादक चिरिन्जिबी देवकोटा, एएनएमसीका राजेश आचार्य, न्याभका प्रेसीडेन्ट राम गुरुङ, फार वेस्ट्रन नेप्लिज सोसाइटी भिक्टोरीयाका प्रेसीडेन्ट महादेव धानुक, अष्ट्रेलिया नेपाल पब्लिक लिंक (ANPL) का अध्यक्ष निराजन गौली लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal