eNepal

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर न्याभले भोली बिशेष कार्यक्रम गर्दै

भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुको साझा सँस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर भोली १३ मार्चमा महिला सशक्तिकरण सम्बन्धित एक बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रममा भिक्टोरीयन मल्टिकल्चरल कमिसनका प्रतिनिधी लगाएत नेपाली सँघ सँस्थाका महिला प्रतिनिधीहरुको सहभागीता रहने छ।

कार्यक्रममा सहभागी महिलाहरुले भोली बिशेष गतिबिधी गर्ने छन् जहाँ सहभागीहरुलाई सेतो रंगको टिसर्ट दिइनेछ। टिसर्टमा महिलाहरुलाई प्रोत्साहित गर्ने आफ्नो विचार लेख्न लगाइनेछ। त्यसपछि तिनै टिसर्ट मध्येबाट आफ्नो मनलाई छोएको कुरा लेखेको एउटा टिसर्ट लगाउनेछन् जसले गर्दा उनीहरुको मनमा उव्जेका भावनाहरु एक-अर्कालाई व्यक्त गर्न सहज हुनेछ।

 महिलाले आफ्नो दबिएको कुण्ठाहरु बाहिर ल्याउन र बिभीन्न पिडाबाट गुज्रिरहेका महिलाहरुको भावनालाई उजागड पार्न सक्ने शक्ति मिलोस् भन्ने हेतुले यो कार्यक्रम गरिएको न्याभका अध्यक्ष राम गुरुङले जानकारी गराउनु भयो।

कार्यक्रममा प्रेरणादायी बोली, कविता, छोटो कथा र अन्य अधिक मनोरन्जनात्मक गतिविधिहरू हुनेछन्।

यसको अलाबा डिपीभी स्वास्थ्य संगठनबाट कोरोना तथा कोरोना विरुद्धको खोप सम्बन्धि सुचना सत्र हुनेछ भने अन्तिम साससम्म संघर्ष गर्ने र जो उत्पीडनको सिकार भए तिनको सम्झनामा मैनबत्ती बाल्ने कार्यक्रम समेत रहेको छ।

कार्यक्रमको संयोजक ललिशा थापाले गर्दै छिन् भने कार्यक्रम साइप्रस सामुदायीक हल 495 Lygon St, Brunswick East VIC  मा दिउँसो तीन बजेदेखि संचालन हुनेछ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal