चितवन समाज भिक्टोरिया र एनआरएनए युथ फोरम भिक्टोरियाको संयुक्त प्रयासमा गएको ६ र ७ मार्चमा दुईदिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
लाइफ व्लड बन्डुरा डोनर सेन्टरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा भिक्टोरियाको नेपाली समुदाय र सङ्गठनको समन्वय समितिका सदस्यहरूबाट साथ र सहयोग प्राप्त भएको थियो। यस्तो बिषम् परिस्थितीमा पवित्र उद्देश्यका साथ गरिएको कार्यक्रमलाई सफल बनाइदिनु हुने दाताहरुलाई आयोजकको तर्फबाट धन्यबाद दिइएको छ।

कोरोना भाईरसको माहामारी पछि कर्मभूमीमा रगतको अभाव नखड्कियोस् भनेर पनि नेपाली समुदाएबाट बेलाबेलामा रक्तदानको कार्यक्रमहरु आयोजना भइरहेको छ।
चितवन समाज भिक्टोरियाले बर्षेनी बिभीन्न सामाजिक कार्य गर्दै समुदाएमा उदाहरणिय समाजको रुपमा आफूलाई चिनाउदै आएको छ। गएको बर्ष कोरोना कहरका बिचमा आफ्नो सामाजिक दायीत्वलाई निरन्तरता दिदै भिक्टोरियाका नेपाली सँस्थाहरु एनआरएनए भिक्टोरीया लगायत अन्य सामाजिक सँस्थाहरु सम्मिलित भिक्टोरीयन नेप्लिज कम्युनिटी कोविड राहत कोषलाई १००० अस्ट्रेलियन डलर सहयोग गरेको थियो भने नेपालमा पनि आर्थिक रुपमा कमजोर रहेका व्यक्ति वा सँस्थाहरुलाई आर्थीक सहयोग गर्दै आएको छ।


