eNepal

रोयल वेस्टर्न क्लबले चार चरणमा रक्तदान कार्यक्रम आयोजना गर्दै

मेल्बर्नको रोयल वेस्टर्न क्लबले चार चरणमा गरेर रक्तदानको कार्यक्रम आयोजना गर्ने भएको छ। पहिलो चरणको कार्यक्रम गएको ६ मार्चमा मेल्बर्न पश्चिमको वेरेवी रेडक्रसमा सम्पन्न भइ सकेको छ भने अब २६, २७ र २८ मार्चमा एयरपोर्ट वेस्ट रेडक्रसमा हुने रोयल वेस्टर्न क्लबका सचिव एवम् रक्तदान कार्यक्रमका संयोजक सुशील चालिसेले जानकारी गराउनु भएको छ।

दिदीबहिनी समाज वेस्ट युनीट कोअडीनेटर रोशनी श्रेष्ठको अगुवाईमा सम्पन्न भएको पहिलो रक्तदानको कार्यक्रममा माधब सुबेदी, सुदीप न्यौपाने, राजेश जैसवाल, विराज कुँवर र स्वम् रोशनी श्रेष्ठद्वारा रक्तदानका साथै प्लाज्मा दान गरिएको थियो। 

यदि तपाईहरु पनि  यो पुण्य काममा सहभागिता जनाउन चाहानुहुन्छ भने तलका व्यक्ति र नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।

सुशील चालिसे – ०४३३०२४६८०

नारायण कटुवाल – ०४०११९३३०१

शंकर थापा – ०४१२७७९८६०

रोशनी श्रेष्ठ – ०४३८९५२७१२

लुम्बीनी कपिलबस्तु डे मुभमेन्ट नेपाल, गुल्मी समाज भिक्टोरीया, एनआरएनए भिक्टोरीया, दिदीबहिनी समाज भिक्टोरीया, बालचौतारी वेस्ट, मेल्बर्न नेप्लिज कम्युनिटी वेस्ट, एक्सपर्ट एजेकेसन एण्ड भिषा सर्भिसेज, हङ्ग्री फ्युजन बार र एस डिजाईनको सहकार्यमा सँचालन हुँदै गरेको रक्तदान कार्यक्रममा धेरै भन्दा धेरैको सहभागीता हुने आशा आयोजकले राखेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal